Monday, December 10, 2012

अन्तत: जेल मुक्त भए पदम कुँवर

एमाओवादी अध्यक्ष प्रचण्डलाई गालामा झाप्पु हान्ने पदम कुँवर जेल चलान भएपछि डिसीनेपालमा प्रकाशित समाचारका कारण देशविदेशबाट पदमलाई छुटाउन रकम आएपछि प्रचण्ड आफैँले उनको धरौटी तिरेर पदमलाई भर्खरै जेल मुक्त गरेका छन् ।
दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । प्रशासन कार्यलयबाट केन्द्रिय कारागार हनुमान ढोका लगिएको पदम त्यहीबाट भर्खरै जेल मुक्त भएका हुन् ।
हिजो पदमलाई प्रमुख जिल्ला अधिकारीले २८ हजार धरौटी माग गरेको र पदमसँग उक्त रकम नहुँदा उनलाई जेल चलान गरिएको थियो |
२८ हजार तिर्न नसक्दा जेल चलाल गरेको खबरसँगै त्यसपछि उनलाई छुटाउन अन्तरिक्ष यान नासाका इन्जिनियर रामहरि सुवेदीले तत्कालै २८ हजार नगद पदमका भिनाजु भीम भारतीलाई डिसीनेपालको कार्यालयबाट हस्तान्तरण गरेको थियो ।

No comments:

Post a Comment