Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

Tuesday, December 11, 2012

सन्तोषको हृयाट्रिकसँगै थ्रीस्टारद्धारा हिमालयन शेर्पा पराजित

एक बलिउड फिल्मको प्रमोसनका लागि मुम्बइमा भएको कार्यक्रममा कल्पनाले आफ्नो नांगो पिठ्यूँ दिक्क लाग्नेगरी प्रदर्शन गरिन् । ब्याकलेस राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले हिमालयन शेर्पालाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा थ्रीस्टारले सन्तोस राहुखलको हृयाट्रिकको मदतमा हिमालयन शेर्पालाई ३-२ ले पराजित गरेको हो । थ्रीस्टारका पूर्व प्रशिक्षक मेघराज केसीले हिमालयन शेर्पा क्लब सम्हालेपछि दुई क्लबको यो पहिलो भेट हो । जितपछि थ्रीस्टार ५ खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पा ४ अंकका साथ १३ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो । ३७ औं मिनेटमा गणेश खड्काले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाति अग्रता दिलाएका हुन् । थ्रीस्टारका लागि कप्तान साहुखलले पहिलो हापको अन्तिममा गोल गर्दै बराबरी गोल फर्काए भने ५९ औं मिनेटमा दोस्रो गोल गर्दै थ्रीस्टारलाई २-१ को अग्रता दिलाए । निकै रोमान्चक खेलको ५६ औं मिनेटमा गणेशले हिमालयन शेर्पाका लागि बराबरी गोल फर्काए ।

खेल रोमान्चक भइरहेको अवस्थामा ७५ औं मिनेटमा जेन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि हिमालयन शेर्पा १० खेलाडीमा सिमित भयो । त्यसपछि हिमालयन शेर्पाले रक्षात्मक खेल खेलेको थियो । खेल २-२ को बराबरीमा रहेको अवस्थामा इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दै सन्तोसले हृयाट्रिक मात्र गरेनन्, थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाए ।

यसअघि भएको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले जाउलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । जितसँगै ५ खेलबाट १३ अंक जोडेको आरसीटी दोस्रो स्थानमा उक्लिएको छ । समान १३ अंक नै भएपनि मच्छिन्द्र गोलअन्तरका आधारमा पहिलो स्थानमै कायम छ ।

नुनराज काफ्लेले दोहोर पहेलो कार्ड खादै बाहिरिएपछि दशमा सीमित आरसीटीका लागि खेलको ५३ औँ मिनेटमा अमर डंगोलले गरेको गोल नै निर्णायक बन्यो ।

 पहिरनमा रहेकी कल्पनाको अनुहार भन्दा झण्डै चाउरिएको र बेस्सरी तुनाले कँसिएको नग्न पिठ्यूँ हेर्नुपर्दा उक्त कार्यक्रममा आएका दर्शकलाई पनि दिक्क लागेको थियो । साँच्ची नांगो पिठ्यूँ मात्रै देखाउँदा यी सुन्दरी मोडेलको सुन्दरता पनि कति फिक्का भएछ हगि ?

Wednesday, December 5, 2012

मेस्सी घाइते, तोड्लान त सर्वाधिक गोलको कीर्तिमान ?

च्याम्पियन्स लिग फुटबलमा बेन्फिकाविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सी घाइते भएका छन् । यससँगै उनले एकै क्यालेण्डर वर्षमा सर्वाधिक गोलको कीर्तिमान तोड्ने धेरैको अपेक्षामा शंका उब्जिएको छ ।
मेस्सीले सन् २०१२ मा अजेन्टिना र बार्सिलोनाका लागि ८४ गोल गरिसकेका छन् र सर्वाधिक गोलको विश्व कीर्तिमान बनाउन अब २ गोल मात्र आवश्यक छ । गर्ड मुलरले सन् १९७२ मा ८५ गोल गर्दै कीर्तिमाबनाएक|थिए ।
बल अघि बढाउने क्रममा बेन्फिकाका रक्षकसँग जुध्न पुगेका मेस्सीको देब्रे घुडामा चोट लागेको छ । चेटपछि उनी ८४ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनी दोस्रो हापमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।
चेटपछि मेस्सी आइतबार ला लिगामा रियल बाटिसविरुद्धको खेलमा मैदान उत्रनेमा आशंका छ । बार्सिलोनाले मेस्सी खेल्ने नखेल्ने उनको स्वास्थ्यमा आउने सुधारमा भर पर्ने बताएको छ ।
यस वर्ष अब बार्सिलोनाले ४ खेल खेल्न बाँकी छ । ला लिगामा रियल बाटिसँगै एथ्लेटिको मड्रिड र रायो भलकानोसँग र कोपा डेल रे कपमा कोर्डोवासँग खेल्न बाँकी छ ।