Showing posts with label nepal khabar. Show all posts
Showing posts with label nepal khabar. Show all posts

Friday, July 19, 2013

बाबुको सम्पत्ति हडप्न दिदीले बहिनीलाई बन्धक बनाएपछि...

बाबुको सम्पत्ति हडप्न दिदीले बहिनीलाई बन्धक बनाएपछि... सम्पत्ति भनेपछि महादेवका पनि तीन नेत्र भन्ने नेपाली उखान छ। यही उखान चरितार्थ भएको छ, सुनसरीको धरानमा। जहाँ एउटी दिदीले बाबुको सम्पत्ति हडप्न दुई वर्षदेखि बहिनीलाई बन्धक बनाएर यातना दिएकी छिन्। दिदीले सम्पत्ति लिनका लागि बहिनीलाई बन्धक बनाएको छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरीले बहिनीको उद्धार गरेको छ। सुनसरीको धरानमा सम्पत्ति हडप्ने उद्देश्यले दुई वर्षदेखि कोठामा बन्धक बनाइएकी एक महिलाको प्रहरीले उद्दार गरेको छ। आफ्नै दिदी रनमाया खड्काद्वारा बन्धक बनाइएकी धरान अमरपथकी ६० वर्षीया रुद्रकुमारी राईलाई प्रहरीले उद्दार गरेको हो। आफ्नै दिदीले बन्धक बनाएको कुरा स्थानीयवासीले खबर गरेपछि प्रहरीले उनको उद्दार गरेको छ पुरा भिडियो हेर्नुहोस !!!

Friday, July 12, 2013

काठमाडौं घुम्न आएका युबकलाई चोरी आरोपमा पिट्दा ज्यान गएपछि !

बाँके बैजापुरका १८ वर्षीय राजेश चौधरी रत्नपार्कको फुटपाथ पसलबाट मोबाइलको एयरफोन र घडी चोरेको आरोपमा फुटपाथ व्यापारीले कुटपिट गर्दा एकजनाको ज्यान गएको हो । खुलामञ्चको फुटपाथबाट मोबाइलको एयरफोन र घडी चोरेको भन्दै व्यापारीहरूले कुटपिट गर्दा उनको ज्यान गएको हो । उनीसूगै आएका काकाका छोरा १७ वर्षीय रमेश थारू पिटाइबाट घाइते भएका हुन् । एक साताअघि काठमाडौं घुम्न आएका उनीहरू गत असार २० गते रत्नपार्कमा मोबाइलको एयरफोन, हाउजिङ र घडी खरिद गर्नका लागि आएका थिए । पसलमा भाउ सोध्दै हिंडेका उनीहरूलाई व्यापारीले चोर- चोर भन्दै कुटपिट गरेका थिए । राजेश मुटुको रोगीसमेत भएको प्रहरीले जनाएको छ । चोर भन्दै कुट्न थालेपछि रमेश थारू भने त्यहाँबाट भागेका थिए । राजेश बेहोस भएर भुइँमा ढलेपछि पिट्नेहरूले नै उनलाई पानी छ्यापेर ब्युँत्याउने प्रयास गरेका थिए । तर त्यहीबेलै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Tuesday, July 9, 2013

दुई दिनमा दुई किशोरीमाथी सामुहिक बलात्कार !!!

हिजोआज दैनिक रूपमा पत्रपत्रिकामा बलात्कारसँग सम्बन्धित समाचार मुख्य समाचारका रूपमा प्रथम पृष्ठमै छापिइरहेका छन्। जसले समाजमा एक किसिमको हलचल पैदा गरेको छ। तुलसीपुरमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । गोल्टाकुरी ८ घर भएकी किशोरी तुलसीपुरबाट घर जाने क्रममा शुक्रबार अपान्ह फूलबारी- ६ ढकनाको जंगलमा मुख छोपेका चार जना युवाहरुबाट बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।एसएलसी मौका परीक्षाका लागि तुलसीपुरमा बसेर तयारी गरिरहेकी किशोरी खर्च लिन घर जाने क्रममा जंगलमा जवरजस्ती करणी भएको हो । किशोरी निकै हतोत्साहित अबस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताए ।अस्पतालमा उनी समय समयमा बरबराउने गरेको प्रहरीले जानकारी दिएको छ । घटनापछि उनले फोन गरेर परिवारलाई जानकारी गराएपछि गाउँलेले अस्पताल पुर्‍याएका थिए । चिनेकै युवाहरुले पिछा गरेर बलात्कार गरेको हुनसक्ने एसपी मल्लले आशंका गरेका छन् । घटनाको अनुसन्धान गरी दोषीहरुको खोजी भैरहेको उनले जानकारी दिए ।

Monday, July 8, 2013

विद्यार्थीले छोटा लुगा लगाउँदा शिक्षक हैरान घुँडा छोप्ने स्कर्ट लगाउने सरकारी निर्देशन अलपत्र


विद्यार्थीले छोटा लुगा लगाउँदा शिक्षक हैरान
घुँडा छोप्ने स्कर्ट लगाउने सरकारी निर्देशन अलपत्र

२४ असार, काठमाडौं । केही महिना पहिले धादिङको एउटा सरकारी स्कूलमा शिक्षकहरुको बैठक बस्यो । बैठकका एजेण्डामध्ये एक थियो-भड्किलो पोशाक लगाउने विद्यार्थीलाई के गर्ने ? ‘छोटो फ्राक (स्कर्ट) लगाएकी छात्रा अगाडि बेञ्चमा बसेकी छ भने पढाउनै समस्या हुन्छ’ एकजना पाका शिक्षकले भने । ‘त्यति मात्र हो र, कतिले त सर्टको माथिल्लो बटम समेत लगाउँदैनन्’ अर्काले थपे-’फेशन नै छोटो लगाउने भैसक्यो, कसरी नियन्त्रण गर्न सकिएला ?’skirt-1

छोटो स्कर्ट लगाउने छात्रा तथा पाइन्ट कम्मरभन्दा तल सार्ने छात्रको कारण विकृति बढेकोमा सबै शिक्षक सहमत भएपनि यसलाई नियन्त्रण गर्ने तत्काल उपाय देखिएन । सरकारले संस्थागत विद्यालयको लागि जारी गरेको पोशाकसम्बन्धी नियम अनुसार गर्ने निर्णय भएर बैठक सकियो । तर सरकारले गएको फागुनमा स्वीकृत गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशका धेरै संस्थागत विद्यालयमा पनि लागू भएको छैन ।skirt-2

उच्च माध्यमिक विद्यालयको लागि तयार भएको यो निर्देशिका तल्लो कक्षाका विद्यार्थीका लागि पनि लागू हुने सरकारले बताएको छ । यस्तै संस्थागत विद्यालयको लागि भनिएपनि सरकारी विद्यालयको लागि पनि यसले समेट्ने सरकारको बुझाई छ । तर जसको लागि भनेर नियम बनाइएको हो, त्यसले समेत यसको पालना गरेको छैन । ‘गएको वर्ष त निर्देशिका बनेको भएकाले हामीले त्यति चासो दिएनौं, तर यो वर्षदेखि भने लागू गर्नुपर्छ’ उच्च माध्यमिक शिक्षा परिषदका उपसचिव डम्बरकुमार बतासले अनलाइनखबरसित भन्नुभयो-’धेरैले पालना गरेको पाइएको छैन, हामी यसको पनि अनुगमन गर्छौं ।’ तर जथाभावी भर्ना र विज्ञापन नै रोक्न नसकेको सरकारले पोशाकसम्बन्धी नियम कहिलेसम्म पालना गराउन सक्ला, यसै भन्न सकिन्न ।

सरकारले संस्थागत विद्यालयको लागि लागू गरेको पोशाकसम्बन्धी नियम यस्तो छः

· विद्यार्थी पोशाकका रुपमा चुज पाइन्ट प्रयोग गर्न पाइने छैन । पाइन्टको मोता आधारभूत तहका लागि १२-१४ र माध्यमिक तहको लागि १६ इन्च भन्दा कम हुन हुने छैन,

· कम्मर भन्दा कम्तिमा १ इन्च माथि सम्म पाइन्ट/स्कर्ट हुनु पर्नेछ । हिपहप हुने छैन,

· स्कर्टको तल्लो भागको हकमा घुँडा भन्दा कम्तिमा २ इन्च तल सम्म हुनु पर्नेछ,

· नेक भन्दा १ इन्च तल सम्म मात्र सर्टको वटन खोल्न मिल्नेछ । सर्ट भन्दा अन्य पोसाक जस्तै कुर्ता सुरुवाल आदि प्रयोग गर्ने भएमा नेक भन्दा ३ इन्च तल सम्म खुल्ला भएको पोशाक प्रयोग गर्न सकिनेछ,

· कम्मर पेटीको हकमा १.५ इन्च भन्दा कम चौडाई भएको कम्मर पेटी प्रयोग गर्नु पर्नेछ र फेसनेवल प्रकारको पेटिको वकल प्रयोग गर्न पाइने छैन,

· माथिका पोसाकसंग मिल्ने कोट, स्वीटर, ज्याकेट, मफलर तथा जुत्ता मोजा विद्यालयले तोके बमोजिमको रंग र डिजाइनको प्रयोग गर्नु पर्नेछ,

· पोशाकमा टाइ समेत लगाउने व्यवस्था भएको भए टाइको गाँठो नेकसम्म हुनुपर्ने छ, तर टाइ लगाउने वा नलगाउने वा मौसम अनुसार कुन कुन समयमा टाइ लगाउने भन्ने विद्यालयले तय गरे. बमोजिम हुनेछ ,

· संस्थागत विद्यालयहरूले नियमित पोशाकको हकमा हप्तामा सामान्यतया २ किसिमको ड्रेस मात्र विद्यार्थीहरूलाई प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्ने छ ,

· पोशाक तोक्दा सकेसम्म नेपाली संस्कृति तथा परम्परा सुहाउने खालको पोशाक तोक्नु पर्नेछ र नेपाली उत्पादनका कपडाहरूलाई प्राथमिकता दिनु पर्नेछ ,

· विद्यालयहरूले पोशाक निर्धारण गर्दा मौसम अनृुसार -जाडो, गर्मी) का समयका लागि उपयुक्त हुनुपर्नुछ ,

· विद्यालयबाट निर्धारित डे्रस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनु पर्नेछ । तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य गरिने छैन ।

सबैले हेर्नुहोला - ४ महिने गर्भवती महिला मैना बर्देवालाई कतारबाट फर्किएका आफ्नै श्रीमान पृथ्विले जिउँदै जलाए। VIDEO BELOW -


Sunday, July 7, 2013

छ दशक अघिको नेपाल ( भिडियोमा )

छ दशक अघि नेपाल कस्तो थियो होला ? बुवा हजुरबुवाको समय हामी नाती पुस्ताले कसरी थाहा पाउनु ? तरपनी मैले अनुभुती गर्न पाए । संग्राहलयमा झुण्डाईएका फोटोहरु हेरेर हैन, आफ्नै आखाँले भिडियो देखेर …. कस्तो थियो त छ दसक अगाडिको नेपाल ??Toni Hagen ले तयार पारेको यो documentary video तपाई पनि हेर्नुहोस …. यो भिडियो हेरे पछी अर्कै अनुभूति मिल्ने छ

Friday, July 5, 2013

ईराकमा ७ नेपाली पक्राउ

ईराकमा ७ नेपाली पक्राउ ईराकस्थित एक कम्पनीमा कार्यरत् सातजना नेपाली युवा त्यहाँको प्रहरीद्वारा पक्राउ परेका छन् । खोटाङ घर भइ पछिल्लो समय मोरङको सुन्दरपुर १ मा बसोबास भएका ३२ वर्षीय ध्रुव तामाङलगायत पक्राउ परेका हुन् । अघिल्लो साता पक्राउ परेकामा धनकुटाको खोकु छिन्ताङ ४ का सन्तोष राईसमेत छन् । अरु युवकको नाम ठेगाना खुलेको छैन । तामाङकी श्रीमती देशकुमाका अनुसार उनीसँगै गएका साथीहरुले टेलिफोन सम्पर्क गरी ती नेपाली युवा पक्राउ परेको जानकारी दिएका हुन् । सात नेपाली र अरु केही विदेशीसहित गरी एकसाथ ३० जनालाई ईराकी प्रहरीले पक्राउ गरेको जानकारी टेलिफोनमा आएको तामाङको भनाई छ । उनीहरु इराकी अर्केल नामक कम्पनीमा सन् २००६ देखि कार्यरत् थिए । के कारणले पक्राउ परेको भन्ने जानकारी नभएको उनका साथीहरुले परिवारलाई बताएका छन् । पक्राउ परेका युवाका परिवारका अनुसार पक्राउ परेको भन्ने खबर आएयता उनीहरुसँग सम्पर्क हुन सकेको छैन । परिवारले आफन्तलाई इराकबाट उद्धार गरी ल्याइदिन अपिल जारी गरी सरकारसँग आग्रह गरेका छन्

मलेसियामा महिनादेखि एक नेपालीको शव अस्पतालमै


मलेसियामा महिनादेखि एक नेपालीको शव अस्पतालमै
रकम अभावमा शव नेपाल पठाउन समस्या
 मलेसियामा एकमहिना अघि अस्पतालमै उपचारका क्रममा ज्यान गुमाएका एक नेपालीको शव अस्पतालमै अलपत्र परेको छ । उपचारकै क्रममा ज्यान गुमाएका सल्यान छायाँ क्षेत्र-८ का विष्णुवहादुर खड्काको शव रकम अभावका कारण नेपाल पठाउन नसकिएपछि क्वालालम्पुर अस्पतालमा अलपत्र परेको हो । malaysia towerगएको मे १४ तारिखका दिन सेलाङरको तामान मेलावली भन्ने स्थानमा सडकमा अचेत अवस्थामा भेटिएका उनलाई एक नेपालीले अस्पतालमा ल्याएर उपचार गराएका थिए । १८ दिनसम्म आईसियुमा रहेर उपचार भैरहेको अवस्थामा उनको ज्यान गएको थियो ।

 अवैधानिक अवस्थामा रहेका कारण उनी कुन कम्पनीमा कार्यरत रहेका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । उनको उपचारमा लागेको खर्च र शवलाई नेपाल पठाउनको लागि आरएम ११ हजार (करीव तीन लाख ३० हजार) खर्च हुने भएपनि उक्त सहयोग रकम जुट्न नसक्दा शव नेपाल पठाउन नसकिएको हो । मलेसियामा रहेको सल्यानी सेवा समाज साथीहरु तथा अन्य नेपाली श्रमिकहरुवाट संकलित  रकम ३५ सय रिगेट उठेपनि वाँकी रकम कसरी जम्मा गर्ने हो भन्ने वारेमा समस्या परिरहेको सल्यानकै भुपेन्द्र वोहोराले वताए ।

 नेपालमा खड्काको परिवारको आर्थिकस्थिति कमजोर भएकाले शव झिकाई पाउ भनि निजको भाईले नेपालमा रहेको वैदेशिक प्रवर्द्धन वोर्ड, गृह मन्त्रालय र मन्त्रि परिषदका अध्यक्ष समेतलाई निवेदन दिएको भएपनि कतैवाट पनि सुनुवाई हुन सकेको छैन । क्वालालम्पुरमा रहेको नेपाली दूतावासले पनि अस्पतालमा लागेको रकम मिनाहा गरिदिनको लागि अस्पताललाई पत्र पठाएको भएपनि त्यसको कुनै जानकारी नआएको दूतावास श्रोतले दिएको छ । मृतककी श्रीमतीले शवलाई नेपाल पठाईदिनका लागि सहयोग गरिदिन सवैमा अनुरोध गरेकी छिन् । मृतक विष्णु ३७ महिना अगाडि मलेसिया आएको वुझिएको छ । मृतक विष्णुका २ छोरा र १ छोरी छन् ।

कसरी आयो झरनालाई ७१ हजार भोट ? पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन्

कसरी आयो झरनालाई ७१ हजार भोट ? पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन्
कसरी आयो झरनालाई ७१ हजार भोट ? पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन्

पल्सर स्पोर्टस् अवार्डको दशौँ संस्करणमा पपुलर प्लेयर अफ दी इयरको अवार्ड जितेर झरना गुरुङले धेरैलाई चकित पारिन् । उनलाई सो अवार्ड दिलाउन ७१ हजार आठ सय ६ भोट परेका थिए, जुन उनको मुख्य प्रतिस्पर्धीभन्दा ५७ हजारले बढी हो । यस स्पर्धाका सबैभन्दा बलिया दाबेदार मानिएका पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन् ।
झरनालाई आएको भोटको अर्कै कथा छ । आयोजक खेलकुद पत्रकार मञ्चले पपुलर प्लेयर अफ दी इयरबाहेकको अन्य विधामा विजेता आफँै छनोट गर्छ । तर, पपुलर खेलाडी (विजेता) छनोट एसएमएस भोटिङ र ‘फेसबुक लाइक’बाट हुने गरेको छ । यस प्रतिस्पर्धामा झरनालाई विजेता बनाउन उनको गृहजिल्ला कास्कीका प्रशंसकले ठूलै परिश्रम र पैसा लगानी गरेका थिए ।
भोटिङको मामलामा पोखरेली यसै पनि अगाडि छन् । झरनाले यसपटक फेसबुक लाइक र एसएमएसमार्फत ७१ हजारभन्दा बढी भोट ल्याएर चर्चित खेलाडी घोषित हुने तेस्री पोखरेली बनिन् । यसअघि भलिबलका दुई पोखरेली सुन्दरी मञ्जु गुरुङ र सिपोरा गुरुङलाई पनि पोखरेलीले अपार साथ दिँदै सर्वाधिक मतले जिताएका थिए ।
मञ्जु र सिपोराको तुलनामा झरनाको भोटिङ केही कम देखियो । तर, यस विधाका अन्य खेलाडीलाई झरनाले निकै पछि छाडिन् । युवा पौडीबाज शिरीष गुरुङ १४ हजारभन्दा केही बढी भोट प्राप्त गर्दै दोस्रो स्थानमा रहे । यस्तै, एथलेटिक्सकी केशरी चौधरी १० हजार मतका साथ तेस्रो बनिन् ।
घरेलु खेलकुदमा पछिल्लो समय क्रिकेटको क्रेज निकै बढेको छ । साथै, फुटबलको क्रेज पनि उत्तिकै छ । तर, पपुलर प्लेयर अफ दी इयरका लागि मनोनयनमा परेका क्रिकेट र फुटबलका दुई खेलाडी ‘सिन’मै देखिएनन् । सो उपाधिका मुख्य दाबेदार मानिएका थिए, क्रिकेटका कप्तान पारस खड्का । पछिल्लो समय क्रिकेटमा लगातार नेपाललाई दिलाएको सफलता र व्यक्तिगत प्रदर्शनका कारण उनी खेलप्रेमीमाझ बढ्दो रूपमा लोकप्रिय बनिरहेका छन् । तर, प्रशंसकले उनलाई भोट दिन भने कन्जुस्याइँ गरे ।
आयोजक मञ्चले भोटिङका दुईवटा आधार तय गरेका थिए, फेसबुक लाइक र एसएमएस भोटिङ । मञ्चले चारवटा फेसबुक लाइकबराबर एक भोट गणना गरेको थियो । जसअनुसार झरनाले फेसबुकमा कुल सात सय ७३ लाइक पाएकी छिन् । यसबाट उनले एक सय ९३ भोट प्राप्त गरिन् । त्यसबाहेक ७१ हजारभन्दा बढी भोट उनलाई एसएमएसमार्फत आएको छ । मोबाइलको एक एसएमएस भोटिङका लागि भ्याटसहित ३ रुपैयाँ ५० पैसा काटिएको थियो । त्यसबापत झरनाले पाएको भोटलाई साढे दुई लाख लगानी परेको छ । अधिकांस भोट पोखराबाट आएको बताइन्छ ।
झरना स्वयंले आफूलाई विजयी बनाउन
पोखरेलीको ठूलो हात रहेको बताएकी छन् । ‘मलाई यो सफलतासम्म पुर्‍याउन प्रशिक्षकहरूको निकै ठूलो भूमिका छ, तर यो अवार्ड जिताउन पोखरेलीहरूले पनि योगदान छ,’ उनले भनिन्, ‘उहाँहरूकै पहलमा यो अवार्ड जित्न सफल भएँ, यो अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
अवार्ड थाप्न आफ्नै गुरुङ पहिरनमा सजिएर उपस्थित भएकी झरनाले पोखरेलीको खुलेरै तारिफ गरेकी थिइन् । ‘म एक पोखरेली चेली भएको नाताले उहाँहरूले मलाई निकै सहयोग गर्नुभयो,’ उनले भनिन् ।
पोखरेलीहरू सहयोग समिति नै बनाएर आर्थिक संकलन गरी झरनालाई जिताउन लागिपरेका थिए । समिति संयोजक खगेन्द्र गौचनले नयाँ पत्रिकासँग भने, ‘हामीले झरनालाई जिताउन निकै पहल गर्‍र्यौं, सहयोग समितिले कास्की जिल्लाको प्रत्येक गाउँ र वडामा पुगेर भोटिङका लागि अभियान चलायौँ, हाम्रो पहल सफल पनि भएको छ ।’ उनका अनुसार सहयोग समितिले कास्की जिल्लाको प्रत्येक गाउँ र वडामा पुगेर झरनालाई भोट गर्न आह्वान गरेको थियो ।
त्यसका लागि सहयोग समितिले सबै राजनीतिक दलका स्थानीय भ्रातृसंगठनलाई समेत परिचालन गरेको थियो । ‘हामीले गाउँ–गाउँमा भोट माग्न राजनीतिक दलका सबै भ्रातृसंगठनलाई परिचालन गर्‍र्यौं, भोट हाल्न सबैलाई अनुरोध गर्‍र्यांै,’ उनले भने, ‘उहाँहरूले पनि सहयोग गरिदिनुभयो ।’
संयोजक शेरचनले झरनाका लागि भोट माग्न कुनै पनि कसर बाँकी नराखेको सुनाए । उनले पोखरामा आयोजना हुने कुनै पनि कार्यक्रमका साथै एफएम रेडियोबाट सेमत भोटिङ क्याम्पेन गरिएको जानकारी दिए । ‘जेठमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महाधिवेशन हँुदा हामीले त्यहाँ गएरसमेत भोट माग्यौँ,’ उनले भने, ‘साथै स्थानीय एफएम रेडियोहरूबाट समेत भोटिङका लागि अपिल गर्‍यौँ ।’
साथै, पोखराका विभिन्न स्कुल तथा कलेजमा पुगेर उनका लागि भोट मागिएको थियो । यस्तै, विदेशमा बसेकाहरूलाई फेसबुकमा लाइक गरिदिन आह्वान गरिएको थियो । शेरचनले भने, ‘हामीले पोखराका कलेज र स्कुल पनि बाँकी राखेनौँ, सबै ठाउँमा पुगेर भोट माग्याँै । साथै, बेलायत, अमेरिका, हङकङलगायत मुलुकमा रहेका नेपालीलाई फेसबुक लाइकका लागि आह्वान गरेका थियौँ ।’
संयोजक शेरचनले आर्थिक संकलनसमेत गरिएको भए पनि कति रकम उठ्यो भन्ने बताउन चाहेनन् । झरनाका लागि खेलाडी तथा प्रशिक्षक संघ एक्लैले ५० हजार रुपैयाँको भोटिङ गरेको थियो । संघका महासचिव महेश महर्जनले नयाँ पत्रिकासँग भने, ‘संघले निर्णय गरेर नै सहयोगस्वरूप हामीले ५० हजारको भोटिङ गरेका हौँ, साथै व्यक्तिगत रूपमा अन्य केही साथीले पनि सहयोग गर्नुभएको छ ।’ झरना संघकी सदस्य भएकीले उनलाई सहयोग गरेको महर्जनले बताए ।
गुरुङहरूको साझा संस्था तमुछोजधी गुरुङ राष्ट्रिय परिषद्ले समेत भोटिङ क्याम्पेनिङ र रकम संकलन गरेको थियो । उक्त सहयोग समितिकी संयोजक शोभा गुरुङले झरनाका लागि पाँच हजारको भोटिङ गरिएको जानकारी दिइन् । सो समितिले पौडीबाज शिरीष गुरुङका लागि पनि उत्ति नै रकमबराबरको भोटिङ गरेको थियो । पोखराको सहयोग समितिले झरनालाई यही आइतबार पोखरामा नगर परिक्रमाका साथै अभिनन्दनको कार्यक्रमसमेत राखेको छ ।©नयाँ पत्रिकाकाबाट साभार, खेलकुद डेस्क

रोजगारी नपाएका बादी महिला यौन व्यवसायमा

रोजगारी नपाएका बादी महिला यौन व्यवसायमा
गुलरिया , असार २१ – सरकारले सहमति गरेर पनि शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित नगरेपछि बादी समुदायका झन्डै ३ दर्जन महिला यौन व्यवसायमा फर्केका छन् ।

बादी समुदाय उत्थान समितिका केन्द्रीय सदस्य अर्जुन बादीका अनुसार सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै उनीहरू पुनः यौन व्यवसायमा फर्केका हुन् । १५ मंसिर ०६४ मा सरकार र बादी समुदायबीच सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएकाले पेट पाल्न यौन व्यवसाय अँगालेको उनको दाबी छ ।

‘सरकारले अवसरबाट वञ्चित गराएकाले यौन व्यवसाय सुरु गर्‍यौं,’ बर्दिया राजापुर ६ अनन्तपुरकी एक बादी महिलाले भनिन् । यौन शोषण, कानुनी संरक्षण अभाव, सामाजिक दुव्र्यवहार, रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भएकाले यौन व्यवसाय बाध्यता भएको समितिकी केन्द्रीय सदस्य सुन्दरी बादीले बताइन् ।

नाचगान, माटाका सामग्री बनाउने, माछा मार्ने र वाद्यवादनका सामग्री बनाउने पुख्र्यौली पेशाबाट वञ्चित भएकाले पेट पाल्न यौन व्यवसाय गर्नुपरेको उनीहरूले बताए । स्रोत ©इकान्तिपुर प्रकाशित मिति: २०७० असार २१

''पूर्व माओवादी लडाकू आजदेखि नेपाली सेना''


''पूर्व माओवादी लडाकू आजदेखि नेपाली सेना''
   

'नेपाली सेनामा समायोजन रोजेका माओवादीका पूर्वलडाकूहरूले आजदेखि औपचारिक रूमा सैन्य जिम्मेवारी सम्हाल्दै छन् । सातमहिने ‘सैन्य आधारभूत तालिम’ पूरा गरेका अधिकृतबाहेक सिपाही तथा अन्य पदिक तहकाले जिम्मेवारी सम्हाल्न लागेका आजको राजधानीमा खबर छ ।

गत १० मंसिरदेखि मुलुकका विभिन्न वाहिनी कार्यालयमा उनीहरूले तालिम लिँदै आइरहेका थिए । उनीहरूलाई नेपाली सेनाले एक विशेष समारोहका बीच सैन्य जिम्मेवारी सुम्पन लागेको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी सुरेशराज शर्माका अनुसार सिपाही तथा अन्य पदिक दर्जामा रहेका १ हजार ३ सय ५२ जनालाई जिम्मेवारी दिइन लागिएको हो ।''

अधिकृत तहमा छनोट भएकाहरूको भने अझै दुईमहिने तालिम अवधि बाँकी नै रहेकाले अहिले नै जिम्मेवारी दिइने छैन । ‘सपाहीका लागि सामान्यतया नौ महिनाको तालिम अवधि हुने भए पनि उनीहरूलाई फास्ट ट्र्याक विधिअनुसार तालिम दिएर पास आउट गर्न लागिएको हो,’ प्रवक्ता शर्माले भने ।''

नेपाली सेनाले तालिम लिइरहेका पूर्वलडाकूलाई तालिम गराउँदा ‘समायोजन सैन्य’ नामकरण गरेको थियो । नेपाली सेनाले माओवादी सशस्त्र द्वन्द्वका समयमा सेनामा भर्ना हुन चाहनेहरूलाई पनि यसैगरी फास्ट ट्र्याक विधिबाट तालिम दिएर सेनामा प्रवेश गराएको थियो । शुक्रबार आयोजना गरिने विशेष समारोहमा उनीहरूले सेनामा प्रवेश गर्दा दिनुपर्ने अन्तिम ‘दलेल कवाज’ प्रदर्शन गर्नुपर्नेछ । त्यस्तै, अन्य परेडहरू पनि प्रदर्शन गर्नुपर्ने प्रवक्ता शर्माले जानकारी दिए ।'

नेपाली सेनाले तालिम लिइरहेका पूर्वलडाकूलाई तालिम गराउँदा ‘समायोजन सैन्य’ नामकरण गरेको थियो । नेपाली सेनाले माओवादी सशस्त्र द्वन्द्वका समयमा सेनामा भर्ना हुन चाहनेहरूलाई पनि यसैगरी फास्ट ट्र्याक विधिबाट तालिम दिएर सेनामा प्रवेश गराएको थियो । शुक्रबार आयोजना गरिने विशेष समारोहमा उनीहरूले सेनामा प्रवेश गर्दा दिनुपर्ने अन्तिम ‘दलेल कवाज’ प्रदर्शन गर्नुपर्नेछ ।''

Thursday, July 4, 2013

काजकिरिया गरेका ब्यक्ति जिउँदै घर फर्किएपछि


भारतीय तिर्थस्थल केदारनाथ बाढीपहिरोमा परी मृत्यु भएको खबर आएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेका छन् । आफन्त गुमाउँदाको पीडा सही नसक्नुको हुन्छ। त्यसमा पनि परदेशको भूमिमा घरमूलीको मृत्यु भएको खबरले परिवारलाई असह्य पीडा हुन्छ। आफ्नो धार्मिक संस्कार अनुसार १३औं दिनको काजक्रिया गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्नुबाहेक अरु के नै गर्न सकिन्छ र? मृत्यु भएको खबरले काजक्रिया गरेको ब्यक्ति टुप्लुप्कै घर फिरे भने त्यो परिवारमा कस्तो होला? यहाँको एक परिवारमा यस्तै भएको छ। जसले भूल्नै नसकिने पीडामा फेरि खुसीको वहार आएको छ।
यहाँस्थित झुला – १ का ३१  वर्षीय डिल्लीबहादुर ओलीको मृत्यु भएको भन्दै घरपरिवारले किरिया गर्दैगर्दा उनी टुपलुक्कै आइपुगेका हुन् । मजदुरीका लागि भारत गएका उनी केदारनाथको बाढिमा परेको भन्दै आफन्तहरुले खबर ल्याएका थिए । बाढीमा परेका कारण उनको मृत्यु भएको अनुमानले परिवारले चारदिनदेखि किरिया सुरु गरेका थिए ।  घरपरिवारले कुशको प्रतिमा गराएर उनको दाहसंस्कार गरी हिन्दु परम्परा अनुसार किरिया गरेको आफन्त  धनबहादुर  ओलीले बताए । ‘मेरो पनि १३ दिने भाई भएकाले मैलेपनि कपाल मुन्डन गरेर नुन छोडेको थिए,’ उनले कान्तिपुरसित भने, ‘उ किरिया गर्दागर्दै टुपलुक्क आएपछि भोज गरेर खुसीयाली मनायौँ ।’
उनी घरमा आएपछि उनको किरिया बसेका  र जुठो वारिरहेका आफन्तहले खुसी व्यक्त गर्दै खसी नै काटेर भोज गरेका छन । उनको ४ दिनेको किरियाको सम्पूर्ण प्रकृया पनि अन्त्य गरेको ओलीले बताए । केदारनाथमा भारी बोक्दैगर्दा उनीसँगै गएका चार साथीहरुसँग बाढिमा परेका थिए ।
उनलाई बाढिमा पसेको  देखेका र बाँचेर  फर्किएका दुई आएका आफन्तहरुले घरमा खबर गरेपछि घरपरिवारले किरिया गरेका थिए । किरियामा उनकी श्रीमती र दुई छोरा थिए । ओली भिषण बाढीबाट बचेर फकिर्दा घरपरिवार र गाउँमा खुशीयाली छाएको  छ । उनी १ बर्षअघि मजदुरीका लागि भारत गएका थिए

धनुषामा मन्दिरका पुजारीले गरे १३ वर्षीया बालिकालाई बलात्कार


धनुषामा मन्दिरका पुजारीले गरे १३ वर्षीया बालिकालाई बलात्कार
जनकपुरधाम, २० असार । धनुषा जिल्लाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारी ४५ वर्षीय रामपुकार यादवले झारफुकको निहुँमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । यही असार १८ गते भएको उक्त बलात्कारको घटना आज सार्वजनिक भएको हो ।

स्थानीय सपही गाविस–४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्‍याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए ।

गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

रेखाले बच्चा पाउने भनेपछि एमाओवादीमा खैलाबैला, पार्टीमा नआउन महराको थियो सुझाव

रेखाले बच्चा पाउने भनेपछि एमाओवादीमा खैलाबैला, पार्टीमा नआउन महराको थियो सुझाव

नायिका रेखा थापा एक महिनाअघि एकीकृत नेकपा माओवादी पार्टी प्रवेश गर्दा निकै ठूलो हल्लाखल्ला थियो । तर, यतिबेला रेखाबारे कमै चर्चा हुन थालेको छ । यद्यपि नायिका थापाले एउटा निजी टेलिभिजनलाई दिएको २८ मीनेट लामो अन्तरवार्ताको विषयलाई लिएर भने यतिबेला एमाओवादीमा खैलाबैला मच्चिएको छ ।चलचित्र क्षेत्रको स्वच्छन्द दुनियाँमा हुर्केकी रेखाले एमाओवादीमा लागेपछि व्यक्त गरेको विवाह र सन्तानोत्पादन सम्बन्धी स्वच्छन्द विचारप्रति एमाओवादी कार्यकर्ताहरु आक्रोशित भएका हुन् । कसैसँग विवाह नगर्ने, जीवनसाथीमात्रै राख्ने र अर्की रेखा जन्माउने नायिका थापाको विचारप्रति माओवादीभित्र तीव्र बहस शुरु भएको हो । तीन हप्ताअघि हिमालयन टेलीभिजनलाई दिएको अन्तरवार्तामा नायिका थापाले भनेकी थिइन्- ‘पुरुषविना पनि बाँच्न सकिन्छ । कोमल दिदी बिहे नगरी बस्नुभा’छ । मिथिला शर्मा बिहा नगरी बस्नुभा’छ । विवाहले बाँधिन्छ मान्छे ।’

नायिका थापाको भनाइ थियो- ‘म बिबाह गर्दिँन एउटा पुरुष र महिला लाइफटाइम साथी भएर अगाडि बढ्ने । सृष्टि त भइ नै हाल्ला, विवाह बन्धनको खिलाफ त होइन, तर त्यसमा म हल्का परिवर्तन होस् भन्ने चाहन्छु । विवाह नगरौंला तर जीवन साथी त अवश्यै चाहिन्छ । दर्शकहरुले अर्को रेखा हेर्न चाहलान् । कहिले हुन्छ, कहाँ हुन्छ, कोसँग हुन्छ, त्यो मलाई थाहा भएन ।’

विवाह नगर्ने तर लाइफ पार्टनर बनाएर सन्तान जन्माउने रेखाको विचारलाई एमाओवादी नेता, कार्यकर्ताले गैरमाक्र्सवादी अराजकतावादी सोचाइको संज्ञा दिएका छन् ।

विवाहसम्बन्धी रेखाले व्यक्त विचारलाई परम्परागत कम्युनिष्टहरुले पुँजीवादी यौन अराजकता मान्ने गर्छन् । माओवादी कार्यकर्तालाई रेखाले भनेजस्तै ‘लिभिङ टुगेदर’को छुट हुँदैन । तर, एमाओवादी नेता स्वनाम साथी भने रेखा थापाजस्तै लिभिङ टुगेदरका पक्षपाती हुन् ।

अहिलेसम्म जिम्मेवारीविहीन

पार्टी प्रवेशपछि केन्द्रीय सदस्य बन्ने आशा भए पनि पार्टी प्रवेश गरेको एक महिना बितिसक्दा पनि रेखालाई पार्टीले कुनै पद वा जिम्मेवारी दिने छनक देखाएको छैन । रेखाले यतिबेला आफू पदका लागिभन्दा पनि काम र समाज सेवाका लागि पार्टीमा लागेको तर्क गर्दै आएकी छिन् ।

नायिका थापालाई पार्टी प्रवेश गर्नुअघि विभिन्न नेताहरुले विभिन्न खालका सल्लाह दिएको माओवादी स्रोत बताउँछ । एमाओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले रेखालाई पार्टी प्रवेश नगरी बाहिरै बसेर सहयोग गर्न सल्लाह दिएको बुझिएको छ । महराको भनाइलाई उर्द्धत गर्दै श्रोतले भन्यो- ‘पार्टीमा योगदान गरेर आएका थु्रपै अन्य कार्यकर्ता पनि छन्, यसैले तपाई एकजना कलाकार भएको नाताले बाहिरबाटै सहयोग गर्दा राम्रो हुन्छ ।’

महराले रेखालाई पार्टीमा आएर तत्काल केन्द्रीय सदस्य पद पाउने आशा नगर्न सुझाव दिएको श्रोतको भनाइ छ । संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट तपाईलाई संविधानसभामा ल्याउनका लागि कार्यकर्ता नै बन्नुपर्दैन, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समानुपातिकमा ल्याउन सकिन्छ, यसैले पार्टीमा प्रवेश गरेर चुनाव नै लड्ने सोचाइ नबोक्नु होला भन्दै महराले रेखालाई सुझाव दिएको स्रोतको दाबी छ । पार्टीमा युवराज लामा, मौसमी मल्लजस्ता लामो समयदेखि सक्रिय कार्यकता हुँदाहुँदै रेखालाई केन्द्रीय सदस्य पद दिन गाह्रो हुने भनाइसमेत महराको रहेको स्रोतले बतायो ।

जनकपुर चुरोट कारखानाका ७ सय ५८ कर्मचारीलाई अवकाश

जनकपुर चुरोट कारखानाका ७ सय ५८ कर्मचारीलाई अवकाश
सञ्चालक समिति विघटन, जिम्मेवारी उद्योग सहसचिवलाई


२० असार, काठमाण्डौ । सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत सवै कर्मचारीलाई अबकाश दिएको छ । विहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको वैठकले विहीवारकै दिनदेखि लागू हुने गरी संस्थामा कार्यरत सवै सात सय ५८ जना कर्मचारीहरुलाई अबकाश दिएको हो । यस्तै वैठकले संस्थाको सञ्चालक समिति समेत विघटन गर्ने निर्णय गरेको छ ।janakpur churot karkhana

यसैगरी बैठकले संस्थालाई वैकल्पिक व्यवस्था गर्नका लागि उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको छ । वैठकले संस्थामा अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका सहसचिवलाई कारखानाको महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय सूचना तथा सञ्चामन्त्री एवम् सरकारका प्रवक्ता माधवप्रसाद पौडलले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलका अनुसार मन्त्रिपरिषदको वैठकले सीप विकास परियोजनाका लागि एसियाली विकास बैंकले उलपब्ध गराउने करिब एक अर्ब ९० करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी नेपाल भारत क्षेत्रीय व्यापार प्रवर्द्धनका लागि विश्व बैंकको आटिएबाट प्राप्त हुने ऋण तथा अनुदान रकम नौ करोड ९० लाख अमेरिकी डलरको सम्झौताका लागि अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको पौडेलले वताउनुभयो ।

वैठकले आदिकवि भानुभक्त आचार्यको दुई शतक वर्ष उत्सव मनाउनका लागि भानु विकास प्रतिष्ठानलाई १६ लाख निकास दिने निर्णय गरेको छ ।यसैगरी बैठकले गरिबी निवारण लघुउद्योग कार्यक्रमको पाँचवर्षे रणनीति पारित गरेको छ ।

यस्तै वैठकले कमलरी मुक्ति घोषणा गर्ने र अभियानकै रुपमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वैठकले कमलरी श्रमिक राखे वापतको कसैले कुनै किसिमको रकम  लेनदेन गरेको थाहा पाए रकम स्वतः निष्कृय हुने र कमलरी वा उनका परिवारले सो रकम फिर्ता गर्न नपर्ने व्यवस्था गरेको छ ।

लौ हेर्नुहोस तेस्रो लिङ्गी समुदायद्धारा संविधान सभामा उम्मेदवारी घोषणा


लौ हेर्नुहोस तेस्रो लिङ्गी समुदायद्धारा संविधान सभामा उम्मेदवारी घोषणा

दोस्रो संविधानसभा निर्वाचनका लागि समलिङ्गी तेस्रो लिङ्गीहरुले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । समलिङ्गी र तेस्रो लिङ्गीहरुको मातृसंस्था नीलहीरा समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न जिल्लाका ६१ जनाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । तर कुन राजनीतिक दलबाट आफूहरुले प्रतिनिधित्व गर्ने भन्ने अहिले नै खुलाउन चाहेनन् । समाजका कार्यकारी प्रमुख सुनिलबाबु पन्तले आफ्नो समुदायको उम्मेदवारी अल्पसंख्यक समुदाय हक, अधिकार मात्र नभई सबै सिमाङ्ककृत समुदायको अधिकारका लागि रहेको बताए । उनले तेस्रोलिङ्गी समुदायलाई राज्यले पहिचान सहितको नागरिकता सहज रुपमा प्रदान गरी, मतदाता नामावलीमा सुचिकृत गराउन आग्रह गरे । उनले भने–‘समाजबाट पछाडी पारिएका यस समुदायलाई भोली पुनः अधिकारका लागि लडनु नपर्ने गरी संविधानमा आफ्नो अधिकार सुनिश्चित गरिनुपर्छ ।’  यद्यपी यसअघिको संविधान सभाका सभासद पन्तले भने उम्मेदवारी दिने वा नदिनेबारे निश्चित नभएको बताए ।

तेस्रो लिङ्गी महिला भूमिका श्रेष्ठले आफू कांग्रेसबाट संविधानसभामा उम्मेद्वार बन्ने घोषणा गरिन् । भूमिका कांग्रेसको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि पनि हुन् ।
नीलहीरा समाजकी अध्यक्ष पिङ्की गुरुङले चुनावका सन्दर्भमा राजनीतिक दल, निर्वाचन आयोग तथा सरकारसँग आफ्ना सातबुँदे मागपत्र राखेको बताईन् ।

सप्तरीमा दाइजो नल्याएको निहुँमा यातना

सप्तरीमा दाइजो नल्याएको निहुँमा यातना मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् । सप्तरी सदरमुकाम राजविराज नगरपालिका–२ निवासी प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत असार ११ गते राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् । सप्तरीको बरही वीरपुर गाविस निवासी सूर्यनारायण झाकी छोरी राखी र राजविराज नगरपालिका–२ चनौरा पड्रिया निवासी राधाकान्त झाका छोरा प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् । विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको र गत असार ११ गते राति गाउँकै केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप उनको छ । अभियुक्तहरुमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरुले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् । उनलाई परिवारको जिम्मा लगाएको आधा घण्टा नबित्दै हातमा खुकुरी, लाठीलगायतका हतियार लिएर आएका ५०/६० जनाको समूहले गालीगलौज गर्दै स्थानीय नागेन्द्र झा, घनश्याम झासहितका व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएको स्थानीय निरन्जन झाले पत्रकार सम्मेलनमा बताए । सो क्रममा ती युवाको समूहले अखिलेश झाको को २ प ५२६८ र वसन्त झाको स२प ७७५४ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याएको बताइएको छ ।

Wednesday, July 3, 2013

एउटा सोच्दै नसोचेको यात्रा र चेपाङ्ग बस्ति भित्र लुकेको रहस्य (पुरा भिडियो सहीत )

एउटा सोच्दै नसोचेको यात्रा र चेपाङ्ग बस्ति भित्र लुकेको रहस्य (पुरा भिडियो सहीत ) सदा झैं म आफ्नो काममा व्यस्त थिंए । त्यो दिन हाम्रो होटलको त्रिवेणी हलमा एउटा शुभ कार्य (विवहाको ईन्गेजमेन्ट) भईरहेको थियो । मलाई फोटो खिच्ने जिम्मा दिएको हुनाले सके सम्म प्रोफेशनल बन्ने कोशिस गरिरहेको थिएं । त्यतिकैमा पवित्र सेवा समाजकी अध्यक्ष दिक्षा चापागाई जी त्यहाँ आईपुगिन र कान्तिपुरको फन्ट पेजमा अघिल्लो दिनमा छापिएको फोटो र क्याप्शन लेखिएको थियो १० बर्ष दखि ओडारमा बास ,किरा, फटेङ्गा र घाँसको भर । पहिले देखि नै समाजसेवा प्रति अलि बढी रुचि राख्ने भएकोले दिक्षाजी ले पनि एक चोटी वास्तविकता के हो? त्यहीं गएर बुझौंन भनेर अनुरोध गर्नु भयो । कुनै तयारी ओडारमा १० बर्ष देखी किरा फटेङ्ग्रा खाएर बस्दै आएको चेपाङ्ग विना हामी (दिक्षा, उद्धव र म) चितवन जिल्लाको त्यो अति दुर्गम ओडारमा जाने तरखरमा लाग्यौं । यता उता फोन घुमाउन तिर लाग्यौं । सिमसिम पानि परिरहेको थियो लाग्यो यो शुभ साईतको संकेत हो । बेलुका भैसकेको हुनाले हामी हतार हतार आफ्नो गन्तव्य तिर प्रस्थान ग¥यौं । उद्धवजि र म कलंकीमा गएर दिक्षाजीलाई पर्खि बस्यौं । धेरै बेरको प्रतिक्षा पछि करिव ८ बजे तिर वहाँ आई पुग्नु भयो । गाडी खोज्दा खोज्दै ९ बजी हाल्यो । वल्ल वल्ल एउटा माईक्रोबसमा हाम्रो यात्रा हुने लगभग टुङ्गो लाग्यो । हाम्रो गाडी आफ्नै रफ्तरमा अगाडी बढीरहेको थियो खै म के–के सोच्दै थिए कतिबेला निदाएछु थाहै भएन । व्युझिदा त मुग्लिनमा पुगेका रहेछौं । मन नलागी नलागी पनि त्यहाँ अलिकति खाना खायौं र अगाडी बढ्यौं । रातको करिब १ः३० बजे तिर हामीलाई चितवनको पुलचोक भन्ने ठांउमा झारि दियो । रातको विचमा कहाँ बस्ने के खाने अप्ठेरो परिस्थिति त थियो नै तर पनि हामीले हाम्रो यात्राको दौरानमै एक उच्च प्रहरी अधिकृतलाई हामी यस्तो ठाँउमा जांदै छौं भनेर जानकारीको साथमा आवश्यक सहयोगको लागी अनुरोध गरिसकेका थियौं । वहाँकै सहयोगमा एकजना स्थानिय सुरक्षाकर्मी भाई बसपार्कमा पर्खि रहेको रहेछ । हामी पुग्ने वितिकै वहाँले त्यही नजिकै रहेको होटल जुनमा बस्ने ब्यवस्था मिलाउनु भएको रहेछ हामी त्यहिं गएर हाम्रो त्यस दिनको यात्रालाई विर्सजन ग¥यौं । अति थकित पनि थियौं, त्यसैले आराम गर्नतिर लाग्यौ । भोलिपल्ट विहानै ब्युझिदा त झमझम पानी परिरहेको थियो । समाचार सुनौ भनेर टि. भि. खोल्यौ । बाढी पहिरोले र्दाचुलामा विनास बनाएको दृश्यहरु देखाई रहेको थियो । काठमाडौमा सम्र्पक गर्दा घर परिवारबाट पनि काठमाडौ फर्कन आग्रह र त्यस्तो ठाँउमा नजान अनुरोध गरिरहेको थियो । हामी दोधारमा पर्यौ के गर्ने के? सोध खोज गर्दा सबैले नजानको लागी नै अनुरोध गर्नभयो, तर पनि यहाँ सम्म आईपुगेपछि चितवन स्थित कान्तिपुर पब्लिकेशनको अफिस सम्म पुगौनत भनी त्यसतर्फ लागियो । उक्त अफिसमा पुगेर विमलजीलाई भेटियो र कुराकानी गर्दा उहाँले पनि पानी परिरहेको छ ,खोला बढेको छ नजानुस भन्ने नै सल्लाह दिनुभयो । त्यो ठाँउमा पुग्नलाई एउटै खोला १५–२० पटक वार पार गर्नु पर्दाे रहेछ । हामी अझै पनि दोधारमै थियौ ,जाने कि नजाने किन कि त्यो ठाँउ अति विकट, अप्ठेरो, दुर्गम रहैकै कारण कोहि पनि हामीसँग जान मान्नु भएन । अन्तमा हामी शक्तिखोर नजिकै गाउँ बेसी चेपाङ्ग संग्राहलय सम्म पुगेर केही जानकारी लिने अनि साझा भिजन कार्यक्रमको सुटिङ्ग लिएर फर्कने क्रममा त्यस तर्फ लाग्यौ । त्यो संग्राहलय तथा आश्रय स्थलमा पुगेर उक्त संग्राहलयकोसंस्थापक के. पि . किरण शर्मासँग साझा भिजनको लागी अन्तरर्वाता लियौं । हामीले हाम्रो कुरा राख्यौं हामी जसरी पनि त्यो चेपाङ्ग बस्तीमा पुग्नुपर्छ , सहयोग गर्नका लागी अनुरोध गर्यौ । वहाँले हाम्रो अनुरोधलाई स्वीर्कानु भयो । एउटा बलेरो गाडी रिर्जभ गरेर आफनो गन्तव्य तर्फ लाग्यौ । केहि कि. मि. अगाडी बढ्दै गर्दा हाम्रो गाडी विग्रियो । केही समय त्यो गाडीलाई बनाएपछि हामी अगाडी बढौं करिब १ घण्टाकोे यात्रा पछि हामी टाँडी बजार हुँदै शक्तिखोरको अम्तिम नाकासम्म पुग्यौ । त्यहाँ हामीले विहानको खाना चाउचाउ बनाएर खादैं थियौ खोलामा बाढी आएकोले गाढी त्यहाँबाट अगाडि जान नसक्ने जानकारी दिनुभयो । गुरुजीले हामी त झन अप्ठेरोमा पर्यौ अगाडी जानु कि फर्कनु भयो । केहि समयको सर सल्लाह पछि गाडीलाई फर्काई दियौ र हामी पैदल यात्रा अगाडि बढ्यौ । दर्जनौ जगांरहरु तदै डाँडा, पाखा, भिर, पहिरो खोला नाला सँग रम्दै फोटो खिच्दै अगाडि बढ्यौ, तिन दोभानबाट पाईमाराङ्ग सम्म पुग्नलाई हामीलाई करिब १० घण्टा जति लाग्यो बेलुकी करिब ६ः३० बजेतिर हामी चितवन जिल्लाको सिद्धी गा. वि. स.का वडा नं ८ मा पर्ने पाईमाराङ्गको ओडारमा पुग्दा हामीले आफूलाई छुटै संसारमा पुगेको अनुभव गर्यौ । त्यो ओडारमा हामी बल्ल बल्ल पुग्यौ । ७२ वर्षिय हस्त बहादुर चेपाङ्गको हालत देख्दा हामीले मन थाम्न सकेनौ । छोरा मान्छे हो हामीले त मनलाई यस्तै हो संसार भनेर बुझायौ तर दिक्षाजीले टाउकोमा हात राखेर जीबन मानब सभ्यता बिकाशलाइ थाति राखेर धुरुधुरु रुनु भो । उनी रोएको देखेर त्यो वृद चेपाङ्गले नरोउ छोरी मेरो कर्म यस्तै रहेछ भनेर सम्झाए पछि हामी नजिकै रहेको गाँउको बस्ती तर्फ लाग्यौ । उक्त घर (खरको झुपडी) त्यहाँको अवलोकन गर्दा जो कसैलाई मन थाम्न गार्हो हुछ नै वर्षैं बर्ष देखि एकसरो कपडामा अनि ओड्ने ओछ्यान केही छैन । चोटा कोठा यता उता हेरियो खानेकुरा केही छैन । खै कसरी तिनिहरु बाँचिरहेका छन एक छिन त म सोच मग्नै भए । एकै चोटि धेरै प्रश्नहरु ओकले जवाफ केही थिएन । सबै आफनो अगाडि छर्लङ्ग थियो । बास हामी त्यहाँ किन गएका थियौ त्यो काम तर्फ लाग्यौ । दिक्षाजीले ७२ वर्षिय हस्त बहादुर चेपाङ्गलाई नुहाई धुवाई नयाँ कपडा लगाई दियो । लगिएको चामल, दाल, आलु आदी तरकारी हस्तान्तरण गरियो र उक्त चेपाङ्गलाई काठमाण्डौ जान अनुरोध गरियो । डाँडा काँडा अँधेरो भैसकेको थियो । हामीलाई अर्को चिन्ता थपियो । के खाने अनि कहाँ सुत्ने? हावा एकदमै चलिरहेको थियो । जाडो भएको हुनाले केहि समय आगो पनि ताप्यौ । मकै पोलेर खायौ । सबै भन्दा ठूलो समस्या त्यहाँ सुत्नकै देखियो । हामीले भोर्लाको पातले बुनेको घुम ओडेर त्यो रात कटायौ । जिन्दगीको यो एउटा नौलो अनुभव बटुल्यौ । राती के को निन्द्रा लाग्थ्यो, एकातिर उपिँया जुम्राले टोकेको छ अर्कोतिर ओड्ने छैन । धन्न गर्मी महिना भएको हुनाले जाडोबाट चै बचियो । भोलिपल्ट विहानै उठेर त्यो ठाँउको अवलोकन गर्दा विकासको किरण पुगेको जस्तो पनि देखिन्थ्यो । तर त्यो सेवा खोक्रो थियो । कुनै कुनै NGO-INGO हरुको मागी खाने भाँडो रहेछ । त्यहाँ विजुली सोलारबाट प्रत्येक घरमा बलेको छ । बारीको पाटामा एउटा रुखमा स्पीकर राखेर रेडियो बजाएको छ । रमाईलो जस्तो लाग्छ । तर गहिरिएर हेर्ने हो भने त्यहाँ केहि पनि छैन खोक्रो छ । कति दिनमा चुल्होमा आगो बल्छ । वर्षौ वर्षमा एक पटक मागेर लुगा लगाँउछ हामी आफै कल्पना गर्न सक्छौं त्यहाको बसाई कस्तो होला ? ति गरिब चेपाङ्गहरुको हक अधिकार र विकासको लागी के. पि. किरण शर्मा भन्ने एक जना व्यक्तिले दिलो ज्यान लगाएर काम गरिरहेको भेटियो । सरकारको न त राहत पुगेको छ न त कोहि व्यत्ति नै, त्यसैले त्यहाँको चेपाङ्गहरु के. पि. किरण शर्मालाई नै सरकार, मन्त्री, बुबा भन्दा रहेछन । हुन पनि उहाँले चेपाङ्गहरुको लागी ठूलो योगदान दिनु भएको रहेछ । ४७ जना चेपाङ्गहरुका बच्चाहरुलाई आश्रय दिएर पढाई रहेको रहेछ । जुन सरकारले गर्न नसक्ने काम उहाँले गरिरहनु भएकोले होला चेपाङ्गहरु उहाँलाई देवता, प्रधानमन्त्री, बुबा भनेर सम्बोधन गर्दा रहेछन् । यसै क्रममा बाटोमा आउँदै गर्दा चेपाङ्गहरुको बारेमा धरै कुरा जान्न मन लाग्यो तर हामीसँग प्रशस्त समय थिएन । मैले सुक्ष्म निरिक्षण गर्दा चेपाङ्गहरुलाई गोटी बनाएर खेल्नेहरु पनि धरै रहेछन् । खान दिने लाउन दिने वाहनामा सोझा चेपाङ्गहरुलाई धर्म परिर्वतन गराएको पनि पाईयो । प्रत्येक जसो चेपाङ्गहरुलाई ऋण बोकाईएको पनि पाईयो । चेपाङ्गहरुलाई यस्तो पढाईकोछ उनिहरु सधै गरिबी नै रहिरहोस् । लुगा भएर पनि थोत्रो लगाईयोस् । चप्पल भएर पनि खाली खुटा हिडोस । यसै सिलसिलमा हामीले खाली खुटा हिडिरहेको एक जना चेपाङ्गलाई सोध्यौ तिम्रो चप्पल छैन हेर खुटामा रगत बगिरहेको छ भन्दा छैन भन्यो । झोलामा के छ भनेर हर्दा चप्पल भेटियो । वास्तविकता बुझदा त्यो उनीहरुको रहर भन्दा पनि बाद्यता रहेछ । बाटोमा फर्कदै गर्दा एक जना बी. ए. 3rd Year मा वढ्दै गरेको र चेपाङ्ग जातीमा बढी पढेको चेपाङ्ग भेटियो । वहाँले चेपाङ्गहरुको परिवर्तनको लागी लडिरहेको कथा सुनाउदा परिवर्तन अब धेरै टाढा छैन जस्तो लाग्यो तर खै त्यो चै हेर्नु छ । फेरि भावी दिनमा त्यहाँ पुगियो भने के के परिवर्तन भएछ लेखौला । गाउँ बेसी आश्रय स्थलमा अध्ययन गर्दै गरेकी जमुना चेपाङ्गले दिएको जानकारी अनुसार चेपाङ्गहरु पुराना , थोत्रा कपडा लगाँउछन तर चेपाङ्गको भेष भुषा चै फरिया, चौबन्धी चोलो पटुका हो रे । चेपाङ्गरु गिठा भ्याकुर खान्छन् कहिले काही ढिडो पनि खान्छन । प्रायजसो बनको कन्दमुल खाएर बाँचेका हुन्छन् । चेपाङ्गहरु धेरै नै अशिक्षित हुन्छन् । यो जाती अति पिछडिएको जातिमा पर्दछ । अशिक्षित भएकै कारणले गर्दा यिनिहरुले सानै उमेरमा विबाहा गर्छन । अर्को यात्रा संस्मरणमा भेट्ने वाचा गर्दै अहिलेलाई विदा पाँउ । नमस्कार