Sunday, June 30, 2013

”सेक्स टोय प्रयोगमा ध्यान दिनुपर्ने कुरा”

”सेक्स टोय प्रयोगमा ध्यान दिनुपर्ने कुरा”
सोमबार १३ ज्येष्ठ २०७० : नेपाल संवाददाता
 
यौन सन्तुष्टिको लागि यौन खेलौना अर्थात् सेक्स टोयको प्रयोग पश्चिमा समाजमा मात्र होइन हाम्रै समाजमा पनि बढिरहेको छ । हाम्रो समाज अझैपनि परम्परागत भएकाले यस्ता खालका यौन सामाग्री प्रायः लाज मानीमानी लुकेर किनिन्छन् अनि हतारमा तथा सावधानी नअपनाएर बेहोसीमै प्रयोग हुन्छन् । तर यस्ता सामाग्री प्रयोग गर्दा अति ध्यान पूराउनुपर्ने हुन्छ । अन्यथा यौन सम्बन्धि संक्रमणका साथै विभिन्न खाले यौनिक समस्या आउन सक्छन् । सेक्स टोय प्रयोग गर्नुभन्दा अगाडि निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ ।
सेक्स टोय आफ्नो बेडरुममा लैजानु भन्दा पहिले सेक्स टोयसँगै दिइएको पुस्तिका राम्रोसँग पढ्नुहोस् र सोही बमोजिम प्रयोग गर्नुहोस् । याद राख्नुहोस् प्राकृतिक यौन सम्पर्कभन्दा सेक्स टोयको प्रयोगले बेग्लै दुखाइ तथा सँगसँगै खुसीको अनुभुति गराउनेछ ।सेक्स टोय खरीद गर्दा सक्कली र ब्राण्डेड कम्पनीको मात्र खरीद गर्नुहोस् । प्रयोग गरिसकेपछि यसलाई मज्जाले सफा गर्नुहोस् ।
सेक्स टोयको प्रयोगले यौन जिवनमा खराबी ल्याउने कतिपयको धारणा छ । तर यसको सावधानीपूर्ण प्रयोगले यौन जिवनलाई झनै सुखमय बनाउने विज्ञहरु बताउँछन् । तथापि प्राकृतिक मैथुनको अवसर हुँदाहुँदै सेक्स टोयको प्रयोगलाई उतिसारो राम्रो मानिँदैन । यसको बढि प्रयोगले पनि यौनिक विकृति ल्याउने बताइन्छ । तसर्थ यौन सन्तुष्टिका लागि सेक्स टोयको सावधानीपूर्ण तथा सन्तुलित प्रयोग सकारात्मक मानिन्छ ।”

No comments:

Post a Comment