Sunday, June 30, 2013

सेक्स सम्बन्धी खोजी गर्ने सूचीमा नेपाल दसौं स्थानमा

सेक्स सम्बन्धी खोजी गर्ने सूचीमा नेपाल दसौं स्थानमा
आइतबार १६ आषाढ २०७० : नेपाल संवाददाता
 
विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा छ । यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ।
इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ

No comments:

Post a Comment