Sunday, June 30, 2013

सञ्जय दत्तपछि बलिउडका अर्का नायक सलमान १० वर्ष जेल

सञ्जय दत्तपछि बलिउडका अर्का नायक सलमान १० वर्ष जेल

‘सन् २००२ मा सलमान खानले चलाएको ल्यान्ड क्रुजर गाडीले मुम्वईको सडकमा सुतिरहेका ५ जना सडक बालबालिकाहरुलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एकजनाको मृत्यु अन्य चार जना घाईते भएका थिए । ‘ ‘सलमान खानको उक्त मुद्दा अब सेसन कोर्टमा जाने भएको छ । मुद्दा सलमान खानले हारेको खण्डमा उनलाई १० बर्ष कैद हुनेछ ।

‘सलमान खानको लागि जेल कुनै अनौठो कुरा होइन् । सन् २००७ सालमा पनि एक लोपोन्मुख जनाबर शिकार गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो । ‘सलमान खान अहिले बक्स अफिसमा सबैभन्दा बढी चलेका नायकका रुपमा गनिन्छन् । अहिले आएका उनका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । केही समयअगाडी आएको फिल्म दबंग २ ले २०० करोड भारु भन्दा बढी रकम उठाएको थियो ।

No comments:

Post a Comment