Friday, November 30, 2012

सुष्मा र शशी मध्ये कसको जवानी बिक्ला ?


शुक्रबार २ महत्वकांक्षी चलचित्र ‘मेरो जीवन साथी’ र ‘चन्द्रावती’ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका २ सिनेमाले ओरालो लागेको नेपाली सिनेमालाई केही आशा जगाउने विश्वास गरिएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मेरो जीवन साथी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । राजेश हमाल, रेखा थापा, सुष्मा कार्की, रेश महरठ्ठा, रागिनी खड्गी लगायतका कलाकारको मुख्य भुमिका रहेको यो चलचित्रलाई सुर्य कार्कीले निर्माण गरेका हुन् । अर्जुन पोखरेलले संगीत भरेका यस चलचित्रका गीतसंगीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । मंसिर जीवन साथी खोज्ने महिना भएकाले पनि दर्शकले यो चलचित्रलाई मनपराउन सक्छन् । चलचित्रमा नायक राजेश हमाल र नायिका सुष्मा कार्कीबिच उत्तेजक बेड सिन समेत समावेश गरिएको छ । नायक हमालका फ्यानहरुका लागि यो नौलो स्वाद हुने अड्कल निर्माणपक्षको छ ।
यस्तै काठमाण्डौको क्यू सिस्टम अनुसार चलचित्र ‘चन्द्रावती’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । राजु गिरीले निर्देशन गरेको यो चलचित्रलाई संजय बुलुनले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, युना उप्रेती, आयुष रिजाल, शशी खड्गा लगायतका कलाकारको अभिनय छ । सस्पेन्स तथा थि्रलर कथावस्तुमा तयार भएको यो सिनमालाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । चलचित्रमा समावेश नायिका शशी खड्का र नायक आयुष रिजाल बिचको सेक्स दृश्यले बजारमा राम्रै चर्चा पाइसकेको छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रका गीतसंगीत पनि दर्शकलाई हलसम्म तान्ने अर्को राम्रो माध्यम बन्ने पक्का छ ।

No comments:

Post a Comment