Friday, November 30, 2012

प्रचण्डको गालामा झापड हान्ने कुँवर को हुन्(थप्पड प्रकरण )

प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै झापड हान्ने पदम कुँवर बाग्लुङको राजकोट गाउं विकास समिति वडा नम्बर २ का वासिन्दा हुन् । राजनीतिक रुपमा कुँवरको परिवार नै माओवादी रहेको पुष्टी भएको छ । पदम कुँवर स्वयं माओवादीको युवा संगठन वाईसीएलको गाउं कमिटीका अध्यक्ष रहिसकेका हुन् ।
गत असारमा एकीकृत माओवादी विभाजन भएपछि यिनी नव गठित नेकपा माओवादीतर्फ लागेका हुन् भने अहिले उनी जनस्वयं सेवक ब्युरो बाग्लुङका सदस्य रहेका छन् । पदमका बुवा प्रेमबहादुर एकीकृत माओवादीको जिल्ला नेता थिए भने अहिले उनी नेकपा–माओवादीको बाग्लुङ जिल्ला कमिटीको सचिवालय सदस्य रहेका छन् ।
त्यस्तै साधना उपनाम गरेकी पदमकी दिदी प्रतिभा कुँवर माओवादी युद्धमा घाईते भएकी लडाकु हुन् । पदमका दाजु कमरेड सुन्दर माओवादी लडाकुका कम्पनी कमाण्डर थिए । उनले केही समय पहिले स्वेच्छिक अवकाश लिएका छन् । नेकपा–माओवादी बाग्लुङ जिल्ला ईञ्चार्ज आजाद केसीका अनुसार कुँवर परिवार नेकपा मसाल हुंदै एकीकृत माओवादीमा समाहित भएको हो । २५ बर्षीय पदम कुंवर बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको समेत थाहा भएको छ । उनले काठमाडौंको एउटा पाँचतारे होटलमा तालिम लिईरहेका छन् । कुंवरका निकटवर्तीहरुले उनी केही अघिदेखि नै नेपाली राजनीति र एकीकृत माओवादीका नेताहरुप्रति आक्रोशित देखिदै आएका थिए ।

No comments:

Post a Comment