Tuesday, March 12, 2013

मिस एयर होस्टेजका प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि तालिममा

मिस एयर होस्टेजका प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धाका लागि तालिममा जुटेका छन्।


सिजन मिडियाद्वारा आयोजना हुँदै आएको मिस एयर होस्टेज २०१३ का प्रतिस्पर्धी यत्तिबेला व्यक्तित्व विकास र विभिन्न जनाकारी मुलक तालिममा व्यस्त छन् । फागुन १३ गतेबाट सुरु भएको तालिममा दैनिक तीन घन्टा खटेर एयर होस्टेजका सहभागी अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेका हुन् ।


१४ जना एयर होस्टेजलाई मंगलबार नमस्ते एयरका कार्यकारी प्रमुख राजु केसीले व्यक्तित्व विकास सम्बन्धी विभिन्न जानकारी दिए । एयर होस्टेजको अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्य, नेपाल ऐयर लाइन्सकी प्रमुख एयर होस्टेज माधुरी मल्ल जोशी, अग्नि एयर लाइन्सकी प्रमुख एयर होस्टेज अञ्जली शर्मा लगायतले स्टेज पर्फमेन्स, व्यक्तित्व विकास लगायत विभिन्न तालिम दिइरहेका छन् ।


चैत १० गते हुने अन्तिम प्रतिस्पर्धाका लागि सहभागी हुने १४ प्रतिस्पर्धीले चैत ९ गतेसम्म तालिम लिइरहने सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले डिसीनेपाल डटकमलाई जानकारी दिए । 

No comments:

Post a Comment