Tuesday, March 12, 2013

नेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेल

नेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष जेल

२९ फागुन, काठमाडौं । नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ ।

जापानी समाचार समिति क्योदोका अनुसार हत्यामा सघाउने उसकी केटी साथीलाई पनि नौ वर्षे जेल सजाय सुनाएको छ । नेपाली नागरिक ४२ वर्षीय विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको राजधानी टोकियोस्थित अदालतले सो सजाय सुनाएको हो ।

अदालतले हिरोकीलाई १९ वर्ष र मियोकोलाई नौ वर्ष जेल सजाय सुनाएको हो । दुबै रक्सीले मातेका र बाटोमा हिँडीरहेका विष्णुप्रसादलाई बिना कारण कुटपीट गरेका थिए । उनीहरुले विष्णुलाई बेहोस हुनेगरी कुटेर सडकमै छोडेका थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाट उनीहरुको पहिचान भएको थियो ।

अदालतले कुटपीटका कारण उनको ज्यान गएको ठहर गरेको बताइएको छ । एएफपी

No comments:

Post a Comment