Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts
Tuesday, March 26, 2013
मनोज गजुरेलको हास्यालय
मनोज गजुरेलको हास्यालय
बिरालोले बाटो काट्यो भने,
‘स्पिड कन्ट्रोल’ गर्नुपर्छ
‘कम्पाउण्ड’ मा काग करायो भने, चारो हाल्दिनुपर्छ
घरमा कुकुर रोयोे भने,
‘भेटनरी’ लानुपर्छ
बारीमा स्याल करायो भने,
ढोका बलियो थुन्नुपर्छ।
दायाँ आँखा फर्फरायो भने,
‘आँखा अस्पताल’ जानुपर्छ
बायाँ आँखा फर्फरायो भने,
झन् छिटो जानुपर्छ
बाडुल्की लाग्यो भने,
तातो पानी तन्काउनुपर्छ
घाँटी खसखसायो भने,
‘कफ सिरप’ दन्काउनुपर्छ।
चुलोमा आगो भर्भरायो भने,
ग्यास सकिन सक्छ
डाडु पन्यू चाट्यो भने,
माँझ्न सजिलो हुन्छ
साँझ घर बढार्यो भने,
बिहानलाई सजिलो हुन्छ
बच्चाले कुच्चो लगायो भने, मम्मीलाई ‘हेल्प’ हुन्छ।
नङ फुल्यो भने, पालिस किन्नुपर्छ
कपाल फुल्यो भने,
‘हाइलाइट’ गर्नुपर्छ
लोग्ने मान्छे रोयो भने,
मन हल्का हुन्छ
स्वास्नीमान्छे हाँस्यो भने,
झन् हल्का हुन्छ।
हात चिलायो भने,
साबुन पानीले धोइहाल्नुपर्छ
रित्तो गाग्रो देखियो भने,
खानेपानीमा फोन गरिदिनुपर्छ
यात्रामा ‘दर्जी दाइ’ देखिए भने, अस्तिको पैसा दिएर जानुपर्छ
बाटामा ‘विश्वकर्मा भाइ’ भेटिए भने, साथै लिएर हिँड्नुपर्छ
दलितहरू मन्दिर पस्ो भने,
पुजारीको आम्दानी बढ्छ
‘पुजारी’हरू दलितकहाँ बसे भने, चिया खर्च घट्छ
बाहुनले बंगुर खायो भने,
बंगुरजस्तै मोटाउँछ
अन्धविश्वासको पछि लाग्यो भने, लंगुरजस्तै दुब्लाउँछ।
गजुरियल आत्म निर्भरता ?
हाम्रो देश धेरै कुरामा आत्म निर्भर हुन्थ्यो। शिक्षा, स्वास्थ्य, संस्कृति, परम्परा, पहिचानको क्षेत्रमा त झन् विशाल सम्भावना थियो। तर, त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने महान् प्रतिभाहरूले राजनीतितिर खुट्टा घुमाइदिनाले हामी डाक्टर-वैद्यमा पनि विदेशी मुख ताक्न बाध्य भयौं।
हो, मोहन वैद्य राजनीतितिर लागेर देशले होनहार प्रतिभा गुमायो। यदि उनि आफ्नै पेसामा सक्रिय हुन्थे भने हामीले बाबा रामदेवको आयुवेर् दिक औषधि कुर्नु पर्दैनथ्यो। डाक्टरसिं गुरुङ बाइमिस्टेक चलचित्र लाइनतिर लागे। यदि उनले नामअनुसार अस्पताल खोल्थे भने सम्भवतः सफल हुन्थे, हामीले उपाचारका लागि विदेश धाउनु पर्दैनथ्यो। डाक्टर र वैद्यलाई हामीले गलत पेसामा पो पठायौं कि ?
स्व.सांसद प्रेमिसिंह धामीको कुरा गर्नोस् वा चर्चित नेतृ रामकुमारी झाँक्रीलाई सम्झनुहोस्- उहाँहरूको नाम नै काफी छ। माननीय धामी त बितिसक्नुभयो, झाँक्रीजी पनि उति सक्रिय हुनुहुन्न। राष्ट्रले यी प्रतिभालाई सही ठाउँमा उपयोग गर्न नसक्दा ‘विदेशी ठग’हरूले झारफुक गरेका भरमा नेपालीलाई उल्लु बनाई रहेकाछन्।
अर्का दुई प्रतिभा हुन्, मनोज पण्डित र शिशिर योगी। पण्डितले चलचित्र निर्देशकको साटो पण्डित्याइँ गरिदिएका भए पशुपतिनाथमा भारतीय पण्डाहरूको हाली मुहाली हुँदैनथ्यो होला। योगीले गायकको साटो योगा सिकाएका भए हामीले राष्ट्रियता बोकेको योगगुरु पाउने थियौं। पण्डितको ‘बधशाला’ प्रतिबन्धित भएको छ, योगी ‘यो देशमा यौटा मान्छे खोजिरहेछन्’ तर अहिलेसम्म भेटेका छैनन्। कतै हामीले यी दुई प्रतिभालाई सही ठाउँमा सदुपयोग पो गर्न सकेनौं कि?
नेपालमा साहित्यको विकास नहुनुको कारण अशिक्षा होइन, लेखक र पाठकको राजनीति गमन हो। लेखेर देश सेवा गर्नुपर्ने रमेश लेखकहरू राजनीतिमा बरालिएका छन्। पढ्नु पर्ने सुदीप पाठकहरू म्ाानव अधिकारको माखेसाङ्लोमा अल्भिmएका छन्। यस्तो भएपछि साहित्यको विकास कसरी हुन्छ, भन्नोस् त ?
विदेशी दूतावासका एकजना सामान्य अधिकारी नेपालको राजनीतिमा हस्तक्षेप गर्छन्। नगरून् पनि किन, सुरेश अधिकारी संगीततिर लागेका छन्। कला सुब्बा उद्घोषणतिर तानिएकी छिन्। राम्रो प्रशासक हुनुपर्ने सुब्बा र अधिकारीहरू कलार संगीततर्फ लागेपछि विदेशी अधिकारीको सक्रियता त बढ्ने नै भयो क्यारे !
मधेस आन्दोलनमा यादवहरूको ठूलो योगदान थियो। तर, अहिले सुन्ािन्छ, कोही यादव पौडेल बने, कोही यादव भट्टराई बने। यादव थपलिया, यादव खनाल, यादव कार्की, यादव राईजस्ता नाम देख्दा उपेन्द्र यादव स्वयम् दंग पर्दा हुन्- अब मधेस पहाड दुवैतिर फोरमको लोकपि्रयता बढ्ने भो भनेर। झन् गौतम गच्छेदार, गौतम साह नाम देख्दा विजय गच्छेदार कति दंग पर्दा हुन्- गौतम पनि गच्छेदारपनि भन्दै π होली रे …..πππ
प्रश्न पत्र
-हाँसो मान्छेको जन्मसिद्ध स्वभाव हो। तर तनाव, अशान्ति एवं असफलताका कारणले समयक्रमसँगै हाम्रो हाँसो कमजोर बन्छ र कालान्तरमा जीवन दुखद् बन्न पुग्छ। मानिसको गुमेको त्यो अपार खजाना फेरि भेट्टाउन सकिन्छ। ‘जोकशास्त्र’ त्यो खजाना खोज्ने शास्त्र हो। तपाईंको जीवन कति हाँसोमय छ भन्ने थाहा पाउन हामीले एउटा प्रश्नपत्र तयार गरेका छौं। हृदयको अन्तर कुनाबाटै उत्तर दिनुहोस् र थाहा पाउनुहोस्- तपाईंमा हास्यभाव कति छ भन्ने कुरा। )
कुनै एकमा चिह्न लगाउनोस्।
१. तपाईंको कार्यालयमा आएका सेवाग्राहीले ‘काम ढिलो भयो’ भन्दै झगडा गर्न थाले भने कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
-क) झनक्क झन्किनुहुन्छ -ख) थपक्क थन्किनुहुन्छ -ग) झटपट काम थाल्नुहुन्छ -घ) चटपट खान जानुहुन्छ।
२. ढिलो घर र्फकने बानीबाट दिक्क भएकी श्रीमतीसँग कस्तो व्यवहार गर्नुहुन्छ ?
-क) ठुस्स पर्नुहुन्छ -ख) मुसुक्क गर्नुहुन्छ -ग) खुसुक्क म्बाई खानुहुन्छ -घ) लुसुक्क कोठातिर जानुहुन्छ।
३.ठूल्ठूलो आवाजमा गीत बजाउँदा आफूलाई ‘डिस्टर्ब’ भएको जानकारी छिमेकीलाई कसरी दिनुहुन्छ ?
-क) झ्यालमा ढुङ्गा हानेर -ख) आफ्नो ढोका थुनेर -ग) गीतमा नाँचिदिएर -घ) लाइन काटिदिएर।
४. तपाईं कक्षामा पढाइ रहनुभएको छ। अकस्मात एउटा विद्यार्थी खित्का छोडेर हाँस्यो भने के गर्नुहुन्छ ?
-क) कक्षाबाट निष्कासन गर्नुहुन्छ -ख) कक्षामै मुर्गा बनाउनु हुन्छ -ग) हाँस्नुको कारण खोज्नु हुन्छ -घ) आफुपनि हाँस्नु हुन्छ।
५. मान्नोस्, तपाईंको मोबाइलमा घण्टी बज्यो। फोन गर्नेले उल्टै सोध्यो- ‘कसलाई खोज्नु भएको ?’ यस्तो बेलामा तपाईंको जवाफ के हुन्छ ?
-क) तपाईंले चाहिँं कसलाई खोजेको -ख) बिहान औषधि खानु भएन कि क्या हो -ग) लाइनको झगडा भएजस्तो छ -घ) केही नबोली राख्नुहुन्छ।
६. तपाईंका छोरा वा छोरी असामान्य रूपमा ढिलो घर आउन थाले। उसलाई समयमै आउन कस्तो तरिका अपनाउनुहुन्छ ?
-क) टाइममा आउने आदेश दिनुहुन्छ -ख) ढिलो आउनुको कारण सोध्नुहुन्छ -ग) केही नबोली बस्नुहुन्छ -घ) एक्लै भुतभुताउन थाल्नुहुन्छ।
७. कुनै नेताको भाषण सुनेर तपाईंलाई अचाक्ली रिस उठ्यो। उठेको रिसलाई बसाउन कस्तो उपाय अपनाउनुहुन्छ ?
-क) ढुंगामुढा गर्नुहुन्छ -ख) अण्डा र गोलभेंडा बर्साउनुहुन्छ -ग) घरतिर लाग्नुहुन्छ -घ) साथीहरूसँग गफ गर्न थाल्नुहुन्छ।
८. प्ाढिरहेको बेला झ्याप्पै बत्ती गयो। तपाईंको पहिलो श्ाब्द के हुन्छ ?
-क) उफ् -ख) धत् -ग) छ्या -घ) लुखास्त।
९. तपाईं बैठकमा हुनुहुन्छ। त्यसैबेला कसैको फोन आयो। क्यार्नुहुन्छ ?
-क) फोन काट्नु हुन्छ -ख) नउठाइ बस्नुहुन्छ -ग) पछि गर्छु भन्नुहुन्छ -घ) फोन बोकेर बाहिर जानुहुन्छ।
१०. भीडभाडमा हुनुहुन्छ। कसैसँग मज्जाले ठोक्किनुभयो। अब भन्नोस्, तपाईं के गर्नुहुन्छ ?
-ख) आँखा छैन कि क्या हो भन्नुहुन्छ -ख) माफ गर्नोस् है भनेर बाटो लाग्नुहुन्छ -ग) आफ्नो शरीर सुम्सुम्याउँदै बाटो लाग्नुहुन्छ -घ) घुरेर हेर्नुहुन्छ।
-तपाईं कति प्रतिशत रमाइलो हुनुहुन्छ भन्ने थाहा पाउन जवाफसहित तलको ठेगानामा सम्पर्क गर्नोस्- thedamadol@gmail.com
फेक्ल्युसिभ न्यूज
‘बालवाला’को विरोध भएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ‘बाल’ काटे।
कमरेड मोहन वैद्यले खिलराजको सरकारलाई दुई महिनाभित्रमा ‘ढाल् दिने’।
नेपालका लागि नयाँ चिनियाँ राजदूतका रूपमा ‘उ’ को नियुक्त।
मित्रराष्ट्र चीनका नयाँ प्रधानमन्त्री ‘सी’ पुरुष भएको पुष्टि।
प्रचण्डद्वारा संन्यासको घोषणा, स्वामी ढुलमुलानन्द सीतापति नाम धारण।
प्रधानमन्त्री कार्यालय सर्वोच्चमा सारियो, सिंहदरबार सर्वोच्चमा लाने तयारी।
Saturday, March 23, 2013
यस्तो स्वभाब हुनेहरु पछि गएर धनी हुन्छन !
यस्तो स्वभाब हुनेहरु पछि गएर धनी हुन्छन !
सधैं हाँसीखुसी रहने बालबालिका ठूलो भएपछि धनी बन्छन् । प्रसन्न रहने किशोरहरूले वयस्क भएपछि बढी कमाउँछन् । यो अनुसन्धान अमेरिकामा १५ हजार किशोर र बालबालिकामा गरिएको हो । अनुसन्धानमा पाइए अनुसार, जसमा सकारात्मक प्रभाव वा सन्तुष्टि उच्च हुन्छ, पछि गएर उनीहरूको आम्दानी बढी हुन्छ । सकारात्मक प्रभाव खुसी नाप्ने प्राविधिक उपाय हो । युनिभर्सिटी कलेज लन्डनका डा. जान एमानुएल डे नेवे र युनिभर्सिटी अफ बारबिकका परा. एन्ड्रयु ओसवाल्डको नेतृत्वमा यो अनुसन्धान गरिएको हो ।
Tuesday, March 19, 2013
मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा
मोटाउन चाहनुहुन्छ ? खानुस् यी खानेकुरा
खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।
मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :
· बदाम
· नरिवलको पानी
· नौनी घिउ
· ओखर
· केरा
· काजू
· ब्राउन राइस
· पेस्ता
· आलु
· सिमी
· पनीर
· अण्डा
· साल्मन तथा झिँजे माछा, मासु
· किसमिस
· चिज
यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।

तीतेकरेलाको सेवनबाट हुने फाइदा:
खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई हटाउँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छालासम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । औषधिको रूपमा:- तीतेकरेलको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
बियाँ -१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । KARELA HH
(१) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।
(२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । पात
(१) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । (२) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
(३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । जरा (१) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
(२) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।अन्य उपयोगितातीतेकरे लाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।
तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु:
(१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
(२) यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
(३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
(४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ ।
निष्कर्ष: यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ |

Friday, March 15, 2013
सामसुङले ल्यायो ग्यालेक्सी एस-४, के छन नयाँ सुबिधा ?
सामसुङले ल्यायो ग्यालेक्सी एस-४, के छन नयाँ सुबिधा ?
बिश्वकै नम्बर एक मोबाइल ब्राण्डका रुपमा स्थापित दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस-४ फोन बजारमा ल्याएको छ । यो स्मार्ट फोनको स्क्रीन आँखाले नियन्त्रण गर्न सकिन्छ ।
ग्यालेक्सी एस-४ को स्क्रीन ५ इन्च अर्थात १२ दशमलव ५ सेन्टिमिटर छ । न्यूयोर्कमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको ग्यालेक्सी एस-४ बाट एकै पटक दुई तस्वीर खिच्न सकिन्छ । यो अपि्रलको अन्तिमसम्ममा बजारमा उपलब्ध हुनेछ । १ सय ५५ देशका ३ सय २७ मोबाइल अपरेटरले आफ्ना उपभोक्तालाई ग्यालेक्सी एस-४ उपलब्ध गराउने सामसुङले जनाएको छ ।
यसमा स्मार्ट पोज नामको एक विशेषता छ, जसमा तपाईले भिडियो हेर्दाहेर्दै आँखा अन्तै लैजानुभयो भने भिडियो आफैं रोकिने छ । स्मार्ट स्क्रोल सफ्टवेयर इमेल र अन्य विषय बस्तु हेर्नका लागि उपभोक्ताको आँखा र पहुँचको विश्लेषण गर्छ ।
ग्यालेक्सी एस-४ मा पछाडीपट्टी १३ मेगाफिक्सलको क्यामेरा छ भने अगाडी २ मेगाफिक्सलको । यसको तौल १ सय ३० ग्राम छ भने ७ दशमलव ९ मिलिमिटर मोटाइ छ । अर्थात यो ग्यालेक्सी एस-३ भन्दा हलुका र निकै पातलो पनि छ ।
बिक्रिका आधारमा यसअघि नै एप्पललाई चुनौती दिइसकेको सामसुङको एस-४ भर्सनले एप्ललको आइफोन ५ लाई कडा चुनौती दिँदै आम्दानीमा पनि उछिन्ने प्रबिधि बिश्लेषकहरुको अनुमान छ ।
Wednesday, December 26, 2012
डिस्चार्जपछि मनीषा पुस्तक र ध्यानमा
उपचारको क्रममा अमेरिकाको न्युयोर्कमा रहकी अभिनेत्री मनीषा कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शल्यक्रिया पछि उनको घाउ ठीक हुँदै गएकाले डिस्चार्ज भएपनि चिकित्सकसँग नियमित जाँच गर्नुपर्ने भएकाले केही महिना मनिषा अमेरिकामा नै बस्ने उनकी निकट सहयोगी मृदुला कोइरालाले बताइन्।
नागरिकसँगको अनलाइन सम्पर्कमा मृदुलाले भनिन्,‘अब उनी म्यानहटनमा आमाको साथ रहनेछिन्। मनिषालाई भेट्न मुम्वईबाट समेत उनका कलाकार साथीसंगी आउन लागेका छन्।' ठूलो रोगबाट छुटकारा पाएकी मनिषालाई भेटाईदिन अमेरिकामा रहेका धेरैले मृदुलालाई अनुरोध गरेका छन्। तर, संक्रमण होला भनेर अहिले कसैलाई पनि भेट नगराएको उनले जानकारी दिइन्।
‘डाक्टरले अनुमति दिएपछि उनका सुभेच्छुकहरुलाई भेट्ने व्यवस्था मिलाइने छ,' उनले भनिन्। विस्तारै भेटघाटको योजना बनाउने उनले जानकारी दिइन्। यसका लागि मनीषा पनि तयार रहेको उनको भनाई छ।
मनिषाको आत्मविश्वास बलियो हुँदै गएको उनले पाएकी छिन्। ‘अबको केही समय मनिषाले मेडिटेसन, अध्ययन र आराममा बिताउने छिन्। राम्रो राम्रो किताब र फिल्ममा उनको अधिकांस समय बित्नेछ। उत्साह जगाउने खालको पुस्तक मनिषाको रोजाइमा परेको छ,' मृदुलाले भनिन्।
उनकाअनुसार हिडडुल गर्न, हास्न, बोल्न मनिषा सक्ने भएकी छिन्। आफू संसारको सबैभन्दा राम्रो अस्पतालमा सबैभन्दा दक्ष चिकित्सकसँग उपचार गराइरहेकी छु भन्नेमा उनी ढुक्क छिन्। ‘उनले रोगलाई सहज किसिमले लिएकी छिन्। सोचेभन्दा राम्ररी उपचार भयो भन्छिन्, फिल्म र करिअरका बारेमा पनि कुनै चिन्ता देखाएकी छैनन्,' मनीषासँगै रहेकी मृदुलाले बताइन्।
काठमाडौंमा रहँदा पेट दुखेकाले नर्भिक अस्पतालमा भर्ना भएकी मनीषा उपचार गराउन दिल्ली हुँदै अमेरिकाको न्युयोर्क पुगेकी हुन्।
चीनमा सुरु भो सबैभन्दा तिब्र गतिको रेल
चीनमा सुरु भो सबैभन्दा तिब्र गतिको रेल
११ पुस, काठमाडौं । चीनले विश्वको सबैभन्दा तिब्र गतिको र लामो रेलमार्ग सञ्चालनमा ल्याएको छ । यो रेलमार्गले चीनको राजधानीले बेइजिङलाई देशको दक्षिणी भागको व्यवसायिक केन्द्र ग्वान्झाओसँग जोड्छ ।
चीनका पूर्व नेता माओत्से तुङको जन्मदिन २६ डिसेम्बरको अबसर पारेर बुधबार विहान बुलेट ट्रेन बेइजिङबाट खुलेको हो । सुरुमा ट्रेनको रफ्तार ३ सय किलोमिटर प्रतिघन्टा हुन्छ, जसले यात्रामा लाग्ने समय आधा कम हुने बताइएको छ । यो मार्गको केही भागमा भने पहिल्यै सेवा सुचारु भएको थियो ।
करिब २ हजार २ सय ९८ किलोमिटरको यो रेलमार्गमा ३५ स्टेशन छ, जसमा ठूला शहरहरु वुखान र चांगशा पनि छन् । पहिले यो मार्ग हिड्न २२ घण्टा लाग्थ्यो भने अब १० घण्टा पनि नलाग्ने अधिकारीहरुले बताएका छन् । प्रविधीका रुपमा यो विश्वको सबैभन्दा अत्याधुनिक रेगमार्गमा एक हो’ एक चिनियाँ अधिकारीले भनेका छन् ।
चीन देशभर नै तिव्र गतिरको रेल नेटवर्क विस्तारमा जुटेको छ । यद्यपी दुर्घटना बढ्ने भन्दै यसको आलोचना समेत हुन गरेको छ ।

Monday, December 24, 2012
कमाउन गएका दुई हजारको मृत्यु
काठमाडौं, १० मंसिर । विगत पाँच वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि गएका करिब दुई हजार युवाको रोजगारीकै क्रममा मृत्यु भएको छ । घरखेत बेचेर कमाउन गएका उनीहरूको विभिन्न कारणले विदेशी भूमिमै मृत्यु भएको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०६४र६५ देखि चालु आव ०६९र७० को मंसिर मसान्तसम्म रोजगारीमा गएका एक हजार नौ सय ९२ जनाको विदेशमा मृत्यु भएको हो । यसरी रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाउनेमध्ये अधिकांश हृदयघातकै कारण देखिएको छ ।
बोर्डका अनुसार रोजगारीका लागि बिदेसिनेको संख्या बढेसँगै प्रतिवर्ष विभिन्न कारणले रोजगारीकै क्रममा मर्नेको संख्यासमेत बढ्दै गएको छ । बोर्डका निर्देशक टीका भण्डारी विगत पाँच वर्षयता रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या बढ्दै गएको बताउँछन । उनका अनुसार रोजगारीका क्रममा मर्ने अधिकांश पुरुष कामदार छन् । सरकारले रोजगारीमा जानुपूर्व कामदारलाई अभिमुखीकरण तालिम अनिवार्य गरे पनि ट्राफिक नियम नजान्दा दुर्घटनामा पर्ने, दिनभरि उच्च तापक्रममा काम गरी मादक पदार्थ सेवन गरी एसिडयुक्त कोठामा सुत्दा हृदयघात भएर मर्नेको संख्या बढ्दै गएको छ ।
बोर्डका अनुसार यसरी विदेशमा मर्नेका परिवारलाई मात्र पाँच वर्षे अवधिमा २१ करोड १० लाख ६९ हजार रुपियाँ आर्थिक सहायता वितरण भएको छ । सो रकम बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोषबाट मृतकका आफन्तलाई दिइएको हो ।
‘रोजगारीका लागि विदेश जाने प्रत्येक कामदारबाट बोर्ड अन्तर्गतको कल्याणरी कोषमा एक हजार रुपियाँ जम्मा हुन्छ,’ निर्देशक भण्डारीले भने, ‘सोही कोषबाट पाँच वर्ष अवधिमा विदेशमा मृत्यु भएका करिब दुई हजार कामदारको आफन्तलाई आर्थिक सहायता वितरण भएको छ ।’ बोर्डले अहिले विदेशमा मृत्यु हुनेका परिवारलाई जनही एक लाख पचास हजार र घाइते तथा अंगभंग भएकालाई अवस्था हेरी १० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म आर्थिक सहायता दिने गरेको छ ।
बोर्डका अनुसार चालु आवको पुस पहिलो सातासम्म मात्र दुई सय ७५ जनाको रोजगारीकै क्रममा विदेशमा मृत्यु भएको छ । यसरी मर्नेमा दुई सय ६९ जना पुरुष र ६ महिला कामदार छन् । चालु आवको साउनमा रोजगारीकै क्रममा ६९ जनाको विदेशमा मृत्यु भएको छ । यसमा ६८ जना पुरुष र एकजना महिला कामदार छन् । यस्तै, भदौमा ६६, असोजमा ७१, कात्तिकमा २९ र मंसिरमा ४० जना कामदारको विदेशमा मृत्यु भएको बोर्डले जनाएको छ । ती मृतक कामदारका परिवारलाई बोर्डले तीन करोड ६४ लाख ७० हजार रुपियाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ ।
यस्तै, गत आर्थिक वर्ष ०६८र६९ मा रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या मात्र ६ सय ४६ जना छ । उनीहरूका परिवारलाई बोर्डले सात करोड ७० लाख ३० हजार रुपियाँ सहायता दिइएको थियो । सो आवमा ६ सय ३० जना पुरुष र १६ महिला कामदारको रोजगारीका क्रममा विदेशमा मृत्यु भएको छ । उनीहरूमध्ये अधिकांश करारअवधि नसकिँदै मृत्यु भएको बोर्डले जनाएको छ । रोजगारीका लागि विदेश गएमध्येका सो अवधिमा सबैभन्दा बढी मलेसियामा रहेका कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । मलेसियामा मात्र एक वर्षमा दुई सय ३७ जनाको मृत्यु भएको छ ।
यस्तै, साउदी अरबमा एक सय ७९, कतारमा एक सय २८, युएईमा ४९, कुवेतमा २२, बहराइनमा ८, ओमानमा ६, दक्षिण कोरियामा ६, लेवनान र इजरायलमा ३र३ जना र जापानमा दुईजना कामदारको मृत्यु भएको छ । उनीहरूमध्ये कतिपय सवारी तथा मेसिनरी दुर्घटना परेर र केहीले आफँै आत्महत्या गरेर मृत्यु भएको बोर्डले जनाएको छ । साथै, आव ०६८र६९ मा विभिन्न दुर्घटनामा परी अंगभंग तथा घाइते हुनेको संख्या ६४ रहेको छ ।
बोर्डका अनुसार अघिल्लो आव ०६७र६८ मा पाँच सय ५० जनाको विदेशमा मृत्यु भएको थियो । सवारी दुर्घटना, मेसिनरी पार्टपुर्जामा परेरलगायत घटनामा विदेशमा कामदारको मृत्यु हुनेगरेको छ । विदेशमा मृत्यु तथा अंगभंग भएकालाई सरकारले चार करोड ८३ लाख नौ हजार रुपियाँ सहायता वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा भने विदेशमा मृत्यु हुनेको संख्या बढेकाले सहायता वितरण बढी भएको बोर्डले जनाएको छ । बोर्डले मृतकका आफन्तको निवेदनको आधारमा राहत वितरण, शव झिकाइदिने तथा दूतावाससँग समन्वय गरिदिने गरेको छ । यस्तै, सो आवमा एक सय २२ मृतक कामदारको शव सम्बन्धित मुलुकबाट ल्याई उनीहरूको घरसम्म पुर्याइदिएको जनाएको छ ।
Tuesday, December 11, 2012
१२-१२-१२ को साइतमा बच्चा पाउने होड
अघिल्लो वर्ष सन् २०११ को नोभेम्बर ११ अर्थात् ११-११-११ को शुभ साइतमा विश्वभरी नै शुभकार्य फत्ते गराउनका लागि भएको होडबाजीको समाचार त सुन्नु नै भएको थियो होला । त्यो बेला अरु शुभ कार्य मात्र नभएर बच्चा जन्माउनका लागि समेत महिलाहरुको अस्पतालमा लाइन लागेको थियो । एकै अंकको शुभ साइतको यस्तो क्रेज यो वर्ष पनि उस्तै देखिएको छ । यो वर्ष सन् २०१२ को डिसेम्बर १२ का दिन अर्थान् १२-१२-१२ को शुभ साइतमा बच्चा जन्माउनका लागि भारतका विभिन्न अस्पतालमा गर्भवती महिलाहरुले बुकिङ गराउन थालेका छन् ।डिसेम्बर १२ भन्दा अघि वा पछि डेलिभरी डेट तोकिएका महिलाहरुले समेत सोही दिनमै जसरी भएपनि बच्चा जन्माउनका लागि डाक्टर बुकिङ गराएका हुन् ।सताब्दीकै दुर्लभ योगको रुपमा रहेको यो वर्षको डिसेम्बर १२ का दिन बच्चा जन्माएर किर्तिमान राख्न चाहने महिलाहरुको संख्या निकै बढि भएको भारतीय संचार माध्यमहरुको भनाइ छ । भारतमा मात्र नभएर अरु पश्चिमा मुलुकहरुमा समेत यो दुर्लभ तिथिमा बच्चा पाउने होडमा महिलाहरु उत्रिइसकेका खबर छ ।
स्मरण रहोस् १२-१२-१२ को तिथि अब एक सय वर्ष पछि अर्थात् सन् २११२ को डिसेम्बर १२ मा मात्र आउनेछ । ज्योतिष हरुका अनुसार यो वर्षको डिसेम्बर १२ केवल अंकको दृष्टिले मात्र होइन ज्योतिषीय दृष्टिले पनि शुभ छ । यो दिन सिंह लग्न हुनुका साथै चन्द्रमा वृश्चिक राशीमा छ । सिंह लग्नका स्वामी सूर्य र वृश्चिकका स्वामी मंगल हुन्छ । ज्योतिषहरुका अनुसार दुबै अग्नी तत्व राशी हुन् । दुवैबीच मित्रवत सम्बन्ध हुने भएकाले दुइ राशी जुटेको साइत शुभ हुन्छ ।
अंक ज्योतिषका अनुसार १२ गुरु अंक हो किनकी १ र २ जोड्दा ३ हुन्छ र ३ लाई गुरुको प्रभाव क्षेत्रमा मानिन्छ । वैदकि ज्योतिष तथा अंक ज्योतिष दुवैका विचारलाई मिलाउँदा यो संयोगको दिन निकै शुभ दिनको रुपमा लिन सकिन्छ । त्यस्तै १२-१२-१२ जोड्दा ९ हुन्छ । ९ अंक मंगलको स्वामी मानिन्छ ।
ज्योतिषहरुका अनुसार आउँदो डिसेम्बर १२ का दिन जन्मिने बच्चा ओजस्वी तथा निकै चतुर र सक्रिय हुन्छ र आफ्नै बल बर्कतले आफ्नो भविष्य लेख्न सक्षम हुन्छ ।
Wednesday, December 5, 2012
फिलिपिन्समा आँधीका कारण २ सय ६ जनाको मृत्यु
हालैको शक्तिशाली आंधीका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या २ सय ६ जना पुगेको छ । आंधीका कारणँ देशका कैयौं भागमा जनजीवन अस्तब्यस्त बनेको छ । आंधीले दक्षिण फिलिपिन्सका अधिकांश शहरका घरहरु भत्केका छन् । आधी पछिको बाढी र पहिरोमा थुप्रै घर र सवारीसाधनहरु पुरिएका छन् । कयौं शहरमा बिजुली आपूर्ती ठप्प भएको छ । आधी प्रभावित करिब ४१ हजार सर्वसाधरण्ाँलाई सुरक्षित स्थान तर्फ सारिएको छ । धेरैजसो सडक भासिएका कारण्ाँ सवारी आवागमन पनि बन्द भएको छ । प्रतिघण्टा १ सय ७५ किलोमिटरका दरले आएको आधी केही दिन सम्म रहने मौसमविदहरुले जनाएका छन् ।
Subscribe to:
Posts (Atom)