Tuesday, April 2, 2013

एटीएम’ भन्दा उत्तेजक दृश्य भएपछि सेन्सरले रोक्यो ‘बर्बाद’

‘एटीएम’ भन्दा उत्तेजक दृश्य भएपछि सेन्सरले रोक्यो ‘बर्बाद’ चलचित्र ‘एटीएम’ मा समावेश विभिन्न दृश्यले खुबै चर्चा पायो । सेन्सर बोर्डले भनेका दृश्य नहटाई प्रदर्शनमा ल्याउदा ‘एटीएम’ को प्रदर्शनमा नै प्रतिबन्ध लाग्यो । अहिले अर्को एक चलचित्र पनि यस्तै चपेटामा परेको छ । जीके शर्माको निर्माणमा तयार भएको चलचित्र ‘बर्बाद’ लाई पनि सेन्सर बोर्डले कडा निगरानीमा राखेपछि यसको निर्धारित प्रदर्शन मिति स्थगित भएको छ ।निर्माता जीके शर्माले सेन्सर पास नभएपछि सिनेमाको प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको बताए । सेन्सर बोर्डले विवादस्पद चलचित्र ‘एटीएम’ भन्दा पनि उत्तेजक दृश्य भएको भन्दै ‘बर्बाद’ माथी कडा निगरानी राखेको छ । चलचित्रमा नायिका जिया केसीले उत्तेजक दृश्य दिएकी छिन् । जियाले आफ्नो सिनेमामाथी सेन्सरले सधै निगरानी गरेकोमा अचम्म मानिन् । रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । सेन्सर बोर्डले पछिल्लो समय उत्तेजक दृश्य राखेर तयार पारिएका चलचित्र माथी कडा निगरानी राख्दै आएको छ

No comments:

Post a Comment