फेसबुक चलाउदै हुनुहुन्छ होशियार !!
आफु पनि जानिराखौ अरुलाई पनि SHARE / TAG गरि जानकारी गराऊ !
यी पाँच कुरा फेसवुकमा पोष्ट गर्दा हानिकार हुन सक्दछ !
धेरैलाई आजभोली फेसवुक या यस्तै सोसियल नेटवर्किङ साइटमा समय विताउन मन पर्दछ र फेसवुकमा आफ्ना कुरा पोष्ट गरेर कमेन्ट या लाइकको प्रतिक्षा गर्न कम्ति रमाइलो हुँदैन् तर यहाँनेर खतरा पनि छ।
सवै कुरा फेसवुक जस्ता सोसियल नेटवर्किङ साइटमा पोष्ट गर्नु हुँदैन् ।
तपाईले फेसवुक वा इन्टरनेटको कुनै फोरमा पोष्ट गरेका कुराले तपाईलाइ पछी सम्म पनि दुःख दिन सक्दछन्। एक चोटि पोष्ट गरेपछि पुर्ण रुपमा उक्त सामाग्री इन्टरनेटबाट हटाउन सकिदैन् ।
यी पाँच कुरा फेसवुक जस्ता सोसियला नेटवर्किङ साइटमा पोष्ट गर्न हानिकार हुन सक्दछ।
१) निजि फोटो वा भीडियो
यस्ता फोटो वा भीडियो पोष्ट नगर्नुस जुन तपाई चाहानुहुन्न तपाईका साथी वा सहकर्मी,कार्यलयका हाकिम वा परिवार वा अभिभावकले थाहा पाउन। तत्कालै यी मानिसहरु तपाईको फ्रेन्ड लिस्टमा नभएपनि उनीहरुलाई तपाईको पोस्ट थाहा पाउन गाह्रो हुँदैन्।
२) फोन नंवर
तपाईले फेसुवुक चिनेको र दुई चार पटक च्याट गरेकै भरमा आफ्नो फोन नंवर र घरको ठेगान नदिननुस।
३) गाली वा अभद्र शब्द
यदी तपाईलै कसैसंग रिस उठेको छ वा तपाई केही कुरा भन्न चाहनु हुन्छ भने फेसवुकमा नलेख्नुस । असभ्य शब्द कदापी प्रयोग नगर्नुस ।
४) बैंक सम्वन्धी जानकारी
कसैले माग्यो भन्दैमा वा चिठ्ठाको नाममा आफ्नो बैंकसम्वन्धी जानकारी, एटिएमको पिन कोड नदिनुस । यो निकै खतरनाक सावित हुन सक्दछ ।
५) मिनेट मिनेटको खवर
हामी मध्य केहीलाई पत्येक कुराको जानकारी फेसवुकमा पोष्ट गर्ने बानी हुन्छ, जस्तै म यहाँ छु, अहिले यहाँ आइपुगे र एक छिनमा यहाँ पुग्नेछु। यसले चोरदेखी लुटेरा सम्मलाइ तपाईको अवस्थाबारेमा थाहा पाउन सजिलो पार्दछ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment