केटको टपलेस पोस्टरका कारण ट्राफिक जाम
सुपर मोडल केट मोस हालैका दिनहरुमा अमेरिकाको व्यापारिक केन्द्र मानिने न्यूर्योकमा ट्राफिक जाम गर्ने कारण बनिरहेकी छिन् । ३९ वर्षीया इंग्लिश मोडल केटको टपलेस पोस्टरले न्यूयोर्क क्षेत्र भएर गुड्ने गाडीको गति कम गरिदिएको जनाइएको छ ।
समाचार एजेन्सी ‘द सन’का अनुसार उक्त पोस्टरमा केट टपलेस छिन् भने उनले कालो कालो जुत्ता र कालो अन्तरवस्त्र पहिरिएकी छिन् । केटको उक्त भड्किलो पोस्टरका कारण सो बाटो भएर गुड्ने गाडीका चालकको नजर पोस्टरमा अडिन पुग्छ, जसले गर्दा यातायातमा व्यवधान खडा भईरहेको जनाइएको छ ।
केटको उक्त पोस्टर न्यूयोर्कको एक भवनमाथि राखिएको छ । उक्त पोस्टर ‘ब्ल्याक एण्ड व्हाइट’ छ । केटले जुत्ताको एक ब्रान्ड ‘स्टुअर्ट विट्जमान’को लागि उक्त उत्तेजक फोटोसुट गराएकी जनाइएको छ ।
- एजेन्सी
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment