Friday, March 15, 2013

तेस्रो लिंगीसँग रमाए

तेस्रो लिंगीसँग रमाए
 दर्शक झट्ट हेर्दा नारी कलाकारभन्दा कम नदेखिने तेस्रोलिंगी मोडल तथा कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत शनिबार बुटवलका दर्शकलाई पर्याप्त मनोरन्जन प्रदान गरे। यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि हुने हिंसाविरुद्ध आयोजित सांस्कृतिक कार्यक्रममा तेस्रो लिंगीहरूले ग्ल्यामरस पहिरनमा र्‍याम्पमा उत्रिएर फेसन शो गर्नुका साथै थरीथरीका नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई झन्डै चार घण्टा झुमाए।

No comments:

Post a Comment