Tuesday, March 19, 2013
यस्तो फ्लिम हेरेपछि सेक्स गर्न मन लाग्नी..
यस्तो फ्लिम हेरेपछि सेक्स गर्न मन लाग्नी...
फिल्मका दोहोरो अर्थ लाग्ने गीत र उत्तेजक दृश्यले यौन हिंसालाई बढावा दिन्छ त? धेरै त्यस्तै ठान्लान्। तर, बलिउडका धेरैजसो निर्देशक भने यस्तो तर्कसँग सहमत छैनन्। फिल्म 'डर्टी पिक्चर'का निर्देशक मिलन लुथरिया बलात्कार वा यौन अपराधको दोष फिल्मलाई दिन नमिल्ने बताउँछन्। 'फिल्म र गीतप्रति यस्तो आरोप लगाउनु न्यायसंगत हुँदैन, हामीले हाम्रो समाज, संस्कृति र जीवनशैलीलाई नियाल्नु जरुरी छ, फिल्मलाई होइन,' लुथरियाले भने। कमेडी फिल्म 'शिरीन फरहाद की तो निकल पडी'की निर्देशक बेला सेहगलले पुरुषलाई सानै उमेरदेखि महिलाप्रति सम्मानजनक भावना लिन सिकाउनुपर्ने बताइन्। 'आफूलाई जन्म दिने पनि नारी नै हुन् र अरु नारीलाई पनि दुर्व्यवहार गर्न हुँदैन भन्ने बु‰नुपर्छ,' बेलाले भनिन्।
समाजकै ऐना भएकोले फिल्मलाई समाजका खराब घटनाको दोष दिन नमिल्ने उनको तर्क छ। 'हाम्रो समाज कस्तो छ, फिल्मले त्यस्तै देखाउने हो, मैले फिल्ममा दिल्लीमा भएजस्तो हिंस्रक बलात्कारको दृश्य हेरेको पनि छैन,' उनले दावी गरिन्। पर्दामा देखाइएको हिंसा र हत्याले मान्छेलाई प्रेरित गर्न सक्ने सम्भावनालाई भने उनी नकार्दैनन्। तैपनि भन्छिन्, 'दिल्लीमा बलात्कार गर्ने मानसिक रोगी नै हुन्।' मनोविज्ञ नेहा पटेल टिभी र फिल्मले मान्छेलाई सकारात्मक वा नकारात्मक प्रभाव पर्ने आमधारणाप्रति सहमत छिन्। तर, फिल्म वा टिभीमा बलात्कारीले सजाय पाएको दृश्य प्रदर्शन गरियो भने त्यसले आपराधिक गतिविधि घटाउन सकिने उनी बताउँछिन्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment