Monday, March 11, 2013
सुर्खेतमा ६२ वर्षका हजुरबाले उमेरै नपुगेको ४ वर्षे नातिनीको रेप गरे
सुर्खेतमा ६२ वर्षका हजुरबाले उमेरै नपुगेको ४ वर्षे नातिनीको रेप गरे
सुर्खेत, फागुन , सुर्खेतमा एक ६२ बर्षीय हजुरबुबाले ४ बर्षीय नातिनिको बलत्कार गरेको प्रहरीले जनाएको छ । पश्चिम सुर्खेतको बाबियाचौर चतुरेका सुके सार्कीले आफ्नी नातिनीलाई बलात्कार गरेको बताइएको छ । सार्कीले हिजो बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ ।
समाचार अनुसार ती बालिकाकी आमा जङ्गलमा घाँस काट्न गएको बेला पारेर बिहान १० बजेतिर सुकेले ती बालिकालाइ ललाइफकाइ गोठमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी सुके सार्कीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले आइतबार दिउँसो पक्राउ गरेको जनाएको छ।
आफ्नै ससुराले बलात्कार गरेको बालिकाकी आमाले जाहेरी दिएपछि सुकेलाइ पक्राउ गरिएको हो । पिडित बालिकाको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ। ती बलात्कृत बालिकाका बुबा भने रोजगारका सिलसिलामा भारतमा रहेको पनि प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment