प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तत नेपालको ३६ औं प्रधानमन्त्री बन्न सफल भएका छन् ।
रेग्मी प्रधानमन्त्री एवं सरकार चलाउने पहिलो प्रधानन्यायाधीशका रुपमा इतिहासमा आफ्नो नाममा लेखाउन लगभग सफल भएका छन् । तर उनको पद भने ‘प्रधानमन्त्री’ नभई अध्यक्षमात्रै रहने छ ।
पाल्पा जिल्लाको पोखराथोकमा जन्मेका ६३ वर्षीय खिलराज रेग्मी नेपालको अन्तरिम चुनाबी मन्त्री परिषद्को अध्यक्ष, बन्ने सफल न्यायमूर्ति ठहरिएका छन् ।
रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए, १९७० मा बीएल र १९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गरेका छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा अब्बल रहेका रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गरेका थिए ।
रेग्मी न्यायसेवामा प्रवेश गरेको दुई वर्षमै सन् १९७४ मा जिल्ला न्यायाधीश बन्न पुगे । त्यस्तै सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उपरजिष्ट्रार बन्न सफल भए रेग्मी ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment