Tuesday, March 19, 2013

अभिनेत्री दिया मास्के र अभिनेता सौगात मल्ल वसन्तपुरस्थित एक होटलको कोठामा...

अभिनेत्री दिया मास्के र अभिनेता सौगात मल्ल वसन्तपुरस्थित एक होटलको कोठामा.... ब्वाइफ्रेन्डको कुनै कुरा नगर्ने अभिनेत्री दिया मास्के अभिनेता सौगात मल्ललाई प्रेम प्रस्ताव राखिरहेकी छन्। बिहीबार उनीहरु वसन्तपुरस्थित एक होटलको कोठामा भेटिए। 'आइ लभ यु, के तिमी मलाई माया गर्छौ,' दियाले सोधिन्। मौन रहेका सौगात कुनै उत्तर नदिई ढोका खोलेर बाहिर निस्कन्छन्। त्यतिकैमा 'कट् फेरि एकचोटी' कोठाको अर्को भागमा बसिरहेका निर्देशक अनुप बराल गर्जिए। यो दृश्य हाल सुटिङ भइरहेको फिल्म 'फिटकिरी'को हो। पहिलोपटक फिल्म निर्देशन गरिरहेका अनुप 'फिटकिरी' को सुटिङ राम्रै भइरहेको बताउँछन्। 'अपराध अनुसन्धानमा आधारित थि्रलर फिल्म हो। त्यसैले फिल्मको सुटिङ सुरु गर्नुअघि कार्यशालामा बसेर काम गरेका थियौं,' अनुपले भने। 'फिटकिरी'पछि उनी 'टुल्के' नामक फिल्मको निर्देशन गर्दैछन्। 'फिल्म निर्देशनको अफर धेरै आइरहेका छन्। एउटा उपन्यासमाथि फिल्म बनाउने विदेशी अफर पनि छ। अहिले त्यो पुस्तक पढ्न समेत भ्याएको छैन। अब नाटकसँगसँगै फिल्म निर्देशनलाई प्राथमिकता दिनेछु,' उनले भने। तीस दिने फिल्मको सुटिङ राजधानी वरिपरि हुँदैछ। 'केही समय आराम गरेर अर्को फिल्ममा काम गर्ने सोच बनाइरहेको छु,' अभिनेता सौगातले भने। 'छड्के' फिल्मको सुटिङ सिध्याएको दुई दिनपछि उनी 'कथा' फिल्मको सुटिङका लागि सिक्किम गएका थिए। 'कामसँगै पारिश्रमिक पनि बढाएको छु। त्यस्तै स्त्रि्कप्ट छनोटमा विशेष ध्यान दिन थालेको छु। सानो भूमिका भए पनि राम्ररी चित्रण गरिनुपर्छ भन्नेमा मेरो जोड छ,' उनले भने। यसअघि 'भर्चुल रियालिटी' नामक नाटकमा सौगात र दियाले एकसाथ काम गरेका थिए। त्यसपछि निर्देशक भुषण दाहालद्वारा निर्देशित 'कागबेनी' फिल्ममा यी दुईको जोडी जमेको थियो। त्यसमा अनुप बरालले कास्टिङ निर्देशन गरेका थिए। 'सौगातसँग काम गर्दा अभिनय गरेको महशुस हुन्छ। कागबेनीपछि एकपटक सँगै काम गर्न पाएका छौं, रमाइलो भइरहेको छ,' अभिनेत्री दियाले भनिन्। उनी 'साँघुरो' फिल्मको प्रवर्द्धनमा समेत व्यस्त छिन्। 'लभर गर्लको भूमिकामा देखिँदैछु। स्त्रि्कप्ट राम्रो लागेर काम गरेकी हुँ,' उनले भनिन्। 'उमा' फिल्ममा अभिनेता सौगातसँग काम गरिसकेकी शान्ति गिरी गृहिणीको भूमिकामा 'फिटकिरी'मा देखिँदैछिन्। 'अनुप सरबाट स्त्रि्कप्टको कुरा आएपछि राम्रो र रमाइलो लागेर काम गरेकी हुँ। सुटिङ राम्रो भइरहेको छ,' उनले भनिन्। हाल 'शून्य' फिल्मको डबिङमा व्यस्त उनले नाटकको गतिविधि पातलिएको स्विकारिन्। उनले फिल्म 'अध्याय'मा समेत काम गरेकी थिइन्। निर्माता अर्जुन कुमार नयाँ निर्देशकसँग काम गरिहेरौं भनेर अनुपसँग काम गरेको बताउँछन्। 'डार्क कमेडी फिल्म भएकोले नयाँ निर्देशकसँग काम गर्दा राम्रो हुन्छ जस्तो लाग्यो। यसपछि अर्जुनकुमारकै चैतमा सुटिङ सुरु हुने फिल्म 'फाटेको जुत्ता'को निर्देशन दीपेन्द्र के खनालले गर्नेछन्।' फिल्म 'फिटकिरी' असार १२ मा रिलिज हुने उनले जानकारी गराए। 'सुटिङ राम्रो भइरहेको छ। कलाकारको छनोट निर्देशकले गरेका हुन्,' उनले भने। सिनेमाटोग्राफर पुरुषोतम प्रधानले रेड क्यामेराबाट फिल्म खिचिरहेका छन्। पत्रकार यज्ञशले लेखेको फिल्ममा अनुप बराल, निश्चल बस्नेत, धीरेन्द्र प्रेमर्षि, रमेशरञ्जन झा पनि अभिनय गर्दैछन्।

No comments:

Post a Comment