Tuesday, March 19, 2013

देवरसँग यौन सम्बन्ध राख्न नमान्दा पूरै शरीरमा तातोपानी ...


देवरसँग यौन सम्बन्ध राख्न नमान्दा पूरै शरीरमा तातोपानी ...

   
बैतडी– देवरसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै बैतडीमा एक युवकले आफ्नी भाउजुको शरीरमा तातोपानी खन्याएका छन् । महिला हिंसाका घटनाविरुद्ध अधिकारकर्मीहरुले चर्को आवाज उठाइरहेका बेला बैतडीमा यो घटना भएको हो ।

यौन सम्बन्ध राख्न नमानेको भन्दै दशरथचन्द नगरपालिका–५ बस्कोटकी मीना टमटालाई देवर दीपक टमटाले शरीरमा तातो पानी खन्याएको प्रहरीले जनाएको छ ।

देवरले यौन सम्पर्क राख्न प्रस्ताव गरेपछि गाली गर्दै प्रतिकारमा उत्रिएपछि आफूमाथि तातो पानी खन्याएको पीडित महिलाले भनेकी छन् ।  तातोपानीबाट उनको शरीरको बायातर्फको पूरै हात, शरीर र खुट्टा जलेकी छ ।

परिवार र गाउँको बेइज्जत हुने डरले सुरुमा यो घटना घटना गोप्य राखिएको थियो ।  २५ वर्षीया ती महिला नागरिक सचेतना केन्द्रकी सदस्यसमेत हुन् ।

No comments:

Post a Comment