Monday, March 11, 2013
प्रहरी हवल्दारले अर्काकी श्रीमतीसंग सेक्स गरेपछि
प्रहरी हवल्दारले अर्काकी श्रीमतीसंग सेक्स गरेपछि
अर्काकी श्रीमतीसँग अबैध यौन सम्बन्ध राख्दै आएका सशस्त्र प्रहरीका प्रहरी हवल्दारले अन्तमा उनको हत्या गरेको खुलेको छ। इटहरीको स्वागत चोकमा मारिएका मंगली चौधरीको हत्यामा सशस्त्र प्रहरीका हवल्दार राजकुमार चौधरी संलग्न रहेको खुलेको हो।बैदेशिक रोजगारीका लागी श्रीमान विदेशिएपछी मंगली र राजकुमारविच रसरङपूर्ण सम्बन्ध बनेको र घाँडो हुने आशंकामा राजकुमारले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ।मोरगंको बनिगामाको टंकीसिनवारीका रहेको कंकालीनी बेसक्याम्पमा कार्यरत चौधरीले मोरगंकै बबिर्याविर्ताकी एक छोरीकी आमा मंगलीलाई लजमा लगेर मारेपछी फरार भएको अनुसन्धानमा देखिएको छ।
विवाहित राजकुमार र विवाहित मंगलीविच निकट सम्बन्ध थियो। अनुसन्धानस्रोतका अनुसार समय मिलाएर दुबै एिक वर्षदेखी वभिन्न लजमा गएर यौन प्यास मेटाउँदै आएका थिए। मंगलवार बेलुका यि दुबै इटहरीको स्वागत लजमा गएका थिए। हत्याको योजनासहित गएका राजकुमारले दिनेश केसीको नाममा लजको कोठा लिएका थिए।बुधवार विहान लजका कामदारले कोठा खुल्लै देखे। कोठामा कोही पनि थिएनन् तर,शौचालयमा भने ताल्चा लागेको थियो। पछि ताल्चा फुटाएर हेर्दा अर्धनग्न अवस्थामा मंगलीको शब फेला परेको थियो। नक्कली नाम प्रयोग गरिएपनी हुलियाको आधारमा खोजीगर्दा चौधरी फेला परेका थिए।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment