Monday, March 11, 2013

केटीहरु आफ्नो सपना पुरा गर्न यति सम्म गिर्छन (भिडियो सहित)

आफ्नो सपना पुरा गर्न मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । नायिका सुमिना घिमिरेले पनि आफ्नो सपना पुरा गर्न विभिन्न काम गरेकी छिन् । बाबुराम ढकालले निर्देशन गरेको चलचित्र ‘नाईन ओ क्लक’मा सुमिनाले गरेका हर्कतहरु हेर्न पाइनेछ । रमेश समवेदनाले निर्माण गरेको यो चलचित्रमा सुमिनाले आफ्नो सपना पुरा गर्न ९ बजेको समयलाई नै छनोट गर्छिन् । ध्रुव दत्त, दिक्षा रानी लगायतका कलाकारले समेत अभिनय गरेको चलचित्रमा कन्माइस्ट राइको संगीत, प्रकाश पुरीको कथा, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन छ । फागुन महिनामा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा सुमिनाले थुप्रै हट दृश्य दिएको बताइन्छ । तर निर्माणपक्षले भने सिनेमा भित्र कुनै अश्लिल दृश्यहरु समावेश नगरेको दाबी गर्दै आएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिदै जादा निर्माणपक्षले यसको प्रोमो पनि सार्वजनिक गरेको छ । जहाँ नायिका घिमिरेले आफुले सपना पुरा गर्न विभिन्न क्रियाकलाप अपनाएको देखिन्छ ।

No comments:

Post a Comment