Wednesday, January 9, 2013

यौनकर्मी महिला ग्राहक पट्याउन सिक्दै

एजेन्सी । ब्राजिलमा हुन लागेको २० औ विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशका मानिसलाई आफ्नो ग्राहक बनाउने उदेश्यले ब्राजिलका यौनकर्मी महिलाहरूले अंग्रेजी भाषा सिक्न थालेका छन् । उनीहरूले आफ्ना ग्राहकलाई खुसी पार्न तथा उनीहरुसँग कुराकानी गरेर आफूतिर आकर्षित गर्नका लागी अंग्रेजी भाषा सिक्न लागेको बताइएको छ ।

अंग्रेजी भाषा सिक्नका लागी अहिलेसम्म २० महिलाले आफ्नो नाम लेखाईसकेको र अन्य महिलाहरू पनि यसका लागी तयार रहेको ब्राजिलको यौनकर्मी महिलाहरूको संस्थाक अध्यक्ष सिडा भियराले जनाएकी छिन् । उनका अनुसार कम्तिमा ४ हजार यौनकर्मी महिलाले अंग्रेजी भाषा सिक्नेछन् । यौनकर्मी महिलाहरूको संस्थाले स्वयंसेवक शिक्षकहरू खोजीरहेको अध्यक्ष सिडाले बताएकी छिन् ।

No comments:

Post a Comment