फिल्म क्षेत्रमा प्रवेश गर्ने बित्तिकै निकै चर्चा पाएकी नायिका प्रियंका कार्कीको पहिलो फिल्म थ्री लभर्स हो । उक्त फिल्मले प्रिमियर समारोहको आयोजना नगरेपछि उनका लागि पहिलो प्रिमियर फिल्म कलिउड बन्यो ।आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म कलिउडको एक साता अघि कतारमा प्रिमियर गरिएको थियो भने हिजो बिहिबार साँझ काठमाण्डौको एफक्यूब हलमा प्रिमियर भयो । 'एउटै फिल्मको दुई प्रिमियरमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ तर अलि ढिला आएकाले सबैसँग कुरा गर्न पाईन', हिजोको प्रिमियरमा ढिला उपस्थित भएकी प्रियंकाले भनिन् । पहिलो प्रिमियर समारोहमा नै किन ढिला त ? प्रियंका थप्छिन्, 'मेकअप गर्दागर्दै ढिला भयो ।' उनले अढाई घण्टा लगाएर मेकअप गरेको खुलाईन् ।
करियोग्राफर रेनशा बान्तवा राईको साथमा निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिला कार्यक्रममा उपस्थित भएकी प्रियंका बिश्व गौतमले तयार पारेको आकर्षक पहिरनमा उपस्थित भएकी थिईन् । 'पहिलो प्रिमियर भएकाले अलि फरक हुनुपर्छ भन्ने लागेर मेकअप गर्न थालें अनि ढिला भैइहाल्यो', प्रियंकाले भनिन् ।
सेलिब्रेटी भईसके पछि सबैको आकर्षकको केन्द्रबिन्दु हुनुपर्ने भएकाले पनि मेकअप र पहिरनमा बिशेष ध्यान दिनुपर्ने उनी बताउँछिन् । तर प्रियंका जी मेकअप र पहिरनमा मात्र ध्यान दिएर भएन नि ! यसो समयको पनि ख्याल गर्ने कि !
No comments:
Post a Comment