Wednesday, July 3, 2013

छोरीकी आमा बनेपछि पर्दामा र्फकदै ऐश्वर्या राय

छोरीकी आमा बनेपछि पर्दामा र्फकदै ऐश्वर्या राय विश्व सुन्दरी तथा बलिउड चर्चित नायिका ऐश्वर्या रायलाई दर्शकले पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ । छोरी अराध्यालाई जन्म दिएपछि ऐश्वर्या चलचित्रको पर्दाबाट हराए जस्तै भएकी छिन् । छोरीलाई जन्म दिएपछि ऐश्वर्या आफ्नो शरीर मेन्टन गर्नमा नै व्यस्त छिन् ।तर विभिन्न देशमा आयोजना भएका फिल्म फेस्टिबलमा सहभागी भएपछि ऐश्वर्या पर्दामा आउन हतार गर्दैछिन् । स्रोत ©अनलाइनखबर फिल्म फेस्टिबलमा दर्शकको साथ र माया उत्साहजनक रुपमा पाएपछि ऐश्वर्याले पर्दामा आउने सोच बोकेकी हुन् । अराध्या जन्मेको पनि १ बर्ष भैसकेकाले ऐश्वर्याले यही समयलाई पर्दामा र्फकने उत्तम मौकाका रुपमा लिएकी छिन् । हालै मात्र ऐश्वर्यालाई संजयलिला भन्साली र करण जोहरले नयाँ सिनेमाका लागि प्रस्ताव गरेका छन् । तर ऐश्वर्याले भने अहिले नै केही बताउन नमिल्ने भन्दै पन्छिएको भारतिय संचारमाध्यमले जनाएका छन् । निर्माण यूनिटले ऐश्वर्यालाई केही नबोल्न भनेपछि उनी चुप बसेकी हुन् ।

No comments:

Post a Comment