Monday, March 18, 2013

भारतमा फेरी एक सामुहिक बलात्कार भारतमा फेरी एक सामुहिक बलात्कार

भारतमा फेरी एक सामुहिक बलात्कार भारतमा फेरी एक सामुहिक बलात्कारको घटना दोहोरिएको छ । यहाँ एक विदेशी महिला माथि सामुहीक बलात्कार भएको छ । भारतको मध्य प्रदेशको दतिया जिल्लामा ७ जनाको समुहले ती स्विस महिलालाई सामुहीक बलात्कार गरेको प्रहरीले जनाएको छ । क्याम्पका क्रममा रहेका स्वीस दम्पत्तीमाथि उक्त समुहले आक्रमण गरी सामुहिक करणी गरेको बताइएको छ । बलात्कारीहरूले उनीहरुको सामान पनि लुटेर लगेको बताइएको छ । आक्रमणकारीको प्रतिकार गर्ने क्रममा पिडित महिलाका श्रीमानलाई पनि उक्त समुहले कुटपिट समेत गरेको छ । पिडित महिलाको स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ । यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान भैसकेको प्रहरीले जनाएको छ । तर पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन । भारतमा बिगत केही समयदेखि यस प्रकारका घटनाहरू दोहोरिइरहेका छन् । महिला हिंसा र करणीको कानुनमा व्यापक परिवर्तन गरेपनि भारतमा महिला हिंसा र बलात्कारका घटनाहरु नियन्त्रण गर्न सकिएको छैन् ।

No comments:

Post a Comment