Tuesday, March 12, 2013

प्रियंकाले भनिन्, ‘साहरुखलाई बोलाएर व्यान्ड बजाउछु’

प्रियंकाले भनिन्, ‘साहरुखलाई बोलाएर व्यान्ड बजाउछु’ नायिका प्रियंका चोपडा र बलिउड बादशाह साहरुख खानको सम्बन्धले मिडियामा सधै चर्चा पाइरहेको छ । प्रियंकासँग सम्बन्ध नजिकिएपछि साहरुख पत्नी गौरी खान पनि दिक्क छिन् । तर पनि साहरुख र प्रियंकाको सम्बन्धमा अझै पनि कुनै दुरी नआएको बताइएको छ ।यसैबिच नायिका चोपडाले एक गीतको छायांकनको क्रममा साहरुखको नाम लिएर सबैलाई अचम्ममा पारेकी छिन् । एक गीतको छायांकनको क्रममा आफू भन्दा जुनियर कलाकारहरुले बारम्बार टेक खाएपछि प्रियंका हैरान भइन् । यसपश्चात उनले जुनियर कलाकारलाई एकै ठाउँमा बोलाएर भनिन्, ‘राम्रो काम गर हैन भने साहरुखलाई बोलाएर सबैको व्यान्ड बजाइदिन्छु ।’ प्रियंकाको यो कुरा सुनेर सबै जना अचम्ममा परे । आखिर प्रियंकाले जुनियर कलाकारको व्यान्ड बजाउन किन साहरुखलाई गुहारिन्, यो सबैका लागि सोचाइको बिषय बनेको छ । प्रियंकाको यो भनाइले उनको र साहरुखको सम्बन्ध अझ निकट रहेको वुझ्न सकिन्छ ।

No comments:

Post a Comment