Monday, March 11, 2013

सेक्स क्रान्किारी - शर्लिन

बलिउडमा ‘बोल्ड गर्ल’ को पहिचान बनाएकी मोडल तथा अभिनेत्री शर्लिन चोपडा फेरि चर्चामा आएकी छन् । केही समयअघि विश्वचर्चित पुरुष म्यागजिन ‘प्लेब्वाय’ का लागि ‘न्यूड फोटोशुट’ गरेर चर्चा बटुलेकी शर्लिनले पछिल्लो समयमा एक अन्तर्वार्तामा आफूलाई ‘सेक्स क्रान्तिकारी’ बताएकी छन् । जसले गर्दा उनी यतिखेर चर्चाको विषय बनेकी छन् । शर्लिनले अन्तर्वार्तामा बोल्डनेसको बारेमा भनेकी छन्, ‘मेरा लागि बोल्ड हुनु भनेको आत्मविश्वास हो । बोल्ड हुनुको मतलब आफ्नो विचार र डिसिजनको प्रवाह गर्नु पनि हो । म आफ्नो डिसिजनमा जिउन चाहन्छु ।’ साथै शर्लिनले आफू खुशी ‘बोल्डनेस’ हुँदा आत्मविश्वासमा ‘क्रान्तिकारी छलाङ’ मारिने बताएकी छन् ।

No comments:

Post a Comment