Friday, March 22, 2013

१ किशोरीलाई मेट्रो सिटिको व्यस्त सडकमा ३० जनाद्धारा बलात्कार गरे । (भिडियो सहित)


१ किशोरीलाई मेट्रो सिटिको व्यस्त सडकमा ३० जनाद्धारा बलात्कार गरे । (भिडियो सहित)

एकजना १७ वर्षिया युवतीलाई २०–३० जनाले दिउँसै खुल्ला बाटोमा बलात्कार गर्ने प्रयास गर्छन् । सडकमा भएका सबैजना दर्शनजस्तै बसिरहन्छन् । यो कुनै फिल्मको दृष्य होईन । केही दिन अगाडीको भारतको असाम राज्यको राजधानी गुवाहटीमा घटेको घटना हो । धेरै नै विकसित र महानगरपालिका भएको यो शहरमा दिनदाहाडै कुनै एउटा नाबालक केटीमाथि यसरी दुव्र्यवहार हुँदा पनि त्यहाँ उपस्थित मानिसहरु ‘ग’ श्रेणीको भारतीय चलचित्र हेरेजस्तै गरेर हेरिरहन्छ । एकजना स्थानीय पत्रकारले क्यामेरामेनको सहयोगमा उक्त दृष्य कैद गर्दछन् । आफू कार्यरत सञ्चारमाध्यममार्फत त्यसलाई सार्वजनिक गरेपछि यसले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो चर्चाको विषय बनेको छ ।
यसले मुख्यतय दुईवटा गहन प्रश्न उजागर गरेको छ । पहिलो मानिसहरुमा मानवता कहाँ छ ? अर्को कुरा भने पत्रकारले यस्तो अवस्थामा कस्तो भूमिका खेल्न सक्छन् ? ३० जना व्यक्तिले सडकमा एकजना युवतीलाई लछारपछार गर्दै लुगा च्यातिदिँदा किन अरु मुखदर्शक मात्र बने । कसैले किन पीडितको पक्षमा बोल्ने चेष्टा गरेन ? यो घटनाको दृष्य खिच्ने भारतीय सञ्चारमाध्यम एनडीटिभीका पत्रकार गौरव ज्योतीले भारतीय सञ्चारमाध्यममा दिएको प्रतिक्रिया यस्तो छ ।
यस्तो थियो बलात्कारको घटनाको भिडियो ।

No comments:

Post a Comment