Tuesday, March 12, 2013
धेरै टीभी हेर्ने पुरुषमा शुक्राणु कम
धेरै टीभी हेर्ने पुरुषमा शुक्राणु कम
प्रतिसाता २० घण्टाभन्दा अधिक समय टेलिभिजन हेर्ने पुरुषमा निकै कम टेलिभिजन हेर्ने वा हेर्दै नहेर्ने व्यक्तिको तुलनामा शुक्राणुको सङ्ख्या आधा हुने गरेको मङ्गलबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकी अनुसन्धानकर्ताहरूले यसका लागि १८ देखि २२ वर्ष उमेर समूहका १८९ युवकलाई उनीहरूको शारीरिक अभ्यास, खाना तथा टीभी हेर्ने बानीका विषयमा प्रश्न गरेका थिए र यसपछि उनीहरूको शुक्राणुको नमुना लिइएको थियो ।
यस अनुसन्धानमा प्रतिसाता २० घण्टाभन्दा बढी टीभी हेर्ने युवकमा निकै कम हेर्ने वा हेर्दै नहेर्ने युवकको तुलनामा ४४ प्रतिशत कम शुक्राणु फेला परेको थियो ।
शुक्राणु कम हुनुको प्रमुख कारण युवकले गर्ने शारीरिक अभ्यास पनि परेको बताइएको छ । यो अनुसन्धान प्रतिवेदन बि्रटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशन भएको छ ।
प्रतिसाता १५ वा सोभन्दा बढी घण्टा शारीरिक अभ्यास गर्ने युवकमा प्रतिसाता पाँच घण्टाभन्दा भन्दा कम शारीरिक अभ्यास गर्ने युवकमा भन्दा ७३ प्रतिशत बढी शुक्राणु देखिएको छ ।
शुक्राणुको मात्रा निकै कम हुने पुरुषले महिलालाई सन्तान जन्माउन सहयोग गर्न सक्दैनन् ।
अन्य धेरै मुलुकमा गरिएको अध्ययनमा हाल धेरै दशकपछि शुक्राणुको गुणस्तर घट्न थालेको देखिएको छ । यसको वास्तविक कारण हालसम्म फेला पर्न सकेको छैन तर पनि वैज्ञानिकहरू मानिसको जीवनशैलीमा भएको परिवर्तनका कारण यस्तो भएको अनुमान गरेका छन् ।
उक्त अध्ययनमा म्यासाचुसेट्सको हावार्ड स्कुल अफ पब्लिक हेल्थका पोषण तथा रोग सङ्क्रमणका सहायक प्राध्यापक जर्ज चारेभो पनि संलग्न हुनुहुन्थ्यो । उनले यस अध्ययनमार्फत पुरुषमा शारीरिक अभ्यासको महत्वका विषयमा परीक्षण गर्न सकिएको बताए ।
उनले यस अध्ययनमा निकै कम स्वयंसेवी उपयोग भएको तथा उनीहरूबाट एकपटक मात्र शुक्राणु लिइएको उल्लेख गरे । स्रोत एएफपी
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment