Tuesday, March 19, 2013

सेक्स गर्ने उमेर १८ बर्ष !

सेक्स गर्ने उमेर १८ बर्ष !
भारतमा विपक्षको दबावसंगै सरकारले सहमतिबाट सेक्सको उमेर घटाएर १६ बर्ष गर्ने निर्णय छोडनु परेको छ । यो उमेर सिमा अब १९ बर्षनै हुनेछ ।

महिलाहरूको सुरक्षासंग जोडिएको अध्यादेशमा सरकारले केही अन्य परिवर्तन भने गरेको छ, जस अनुसार कसैको पिछा गर्ने र जिस्क्याउने कुरालाइ अब अपराधको श्रेणीबाट हटाइएको छ ।

अपराध कानून विधेयक २०१३ का बिषयमा सर्वदलीय बैठकमा उठाइएको कुराहरूपछि प्रधानमन्त्री मनमोहन सिंहको अध्यक्षतामा केन्द्रीय मन्त्रिमन्डलको सोमवार साँझ बसेको बैठकमा यस परिवर्तनलाइ स्विकृति दिइएको छ । अब सरकारले मंगलवार यस अध्यादेशलाइ लोकसभामा पेश गर्ने भएको छ ।
विधेयकमा पहिलो पटक तेजाब आक्रमण गर्नेलाइ कडा सजायँको व्यवस्था गरिएको छ । यद्दपी विधेयकको दुरुपयोगको सवालमा सपा सहित केही दलहरूले अझैपनि आपत्ति जनाएका छन् । यसैले अब लोकसभामा यो अध्यादेश र यसले लिने बाटोले नै यस कानूनको दिशा तय गर्नेछ ।


दोश्रो चरणमा भएको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री पी चिदम्बरमले सहमतिबाट गरिने सेक्सको उमेर पहिले जस्तै १८ बर्ष राख्ने कुरा बताएका छन् । आगामी २२ मार्चबाट यो विधेयकले कानूनी रूप लिन सक्ने बताइएको छ ।

No comments:

Post a Comment