प्रचण्डमाथि सार्वजनिक कार्यक्रममै झापड हान्ने पदम कुँवर बाग्लुङको राजकोट गाउं विकास समिति वडा नम्बर २ का वासिन्दा हुन् । राजनीतिक रुपमा कुँवरको परिवार नै माओवादी रहेको पुष्टी भएको छ । पदम कुँवर स्वयं माओवादीको युवा संगठन वाईसीएलको गाउं कमिटीका अध्यक्ष रहिसकेका हुन् ।गत असारमा एकीकृत माओवादी विभाजन भएपछि यिनी नव गठित नेकपा माओवादीतर्फ लागेका हुन् भने अहिले उनी जनस्वयं सेवक ब्युरो बाग्लुङका सदस्य रहेका छन् । पदमका बुवा प्रेमबहादुर एकीकृत माओवादीको जिल्ला नेता थिए भने अहिले उनी नेकपा–माओवादीको बाग्लुङ जिल्ला कमिटीको सचिवालय सदस्य रहेका छन् ।
त्यस्तै साधना उपनाम गरेकी पदमकी दिदी प्रतिभा कुँवर माओवादी युद्धमा घाईते भएकी लडाकु हुन् । पदमका दाजु कमरेड सुन्दर माओवादी लडाकुका कम्पनी कमाण्डर थिए । उनले केही समय पहिले स्वेच्छिक अवकाश लिएका छन् । नेकपा–माओवादी बाग्लुङ जिल्ला ईञ्चार्ज आजाद केसीका अनुसार कुँवर परिवार नेकपा मसाल हुंदै एकीकृत माओवादीमा समाहित भएको हो । २५ बर्षीय पदम कुंवर बैदेशिक रोजगारीमा जाने तयारीमा रहेको समेत थाहा भएको छ । उनले काठमाडौंको एउटा पाँचतारे होटलमा तालिम लिईरहेका छन् । कुंवरका निकटवर्तीहरुले उनी केही अघिदेखि नै नेपाली राजनीति र एकीकृत माओवादीका नेताहरुप्रति आक्रोशित देखिदै आएका थिए ।
No comments:
Post a Comment