Tuesday, July 2, 2013

" परिवारलाई लज्जाबोध हुने काम गर्दिन: सोनाक्षी" "

" परिवारलाई लज्जाबोध हुने काम गर्दिन: सोनाक्षी" "बलिउड अभिनेत्री सोनाक्षी सिन्हा लगातार सफल हुँदै गएकी छिन् । बलिउडका कति अभिनेत्रीहरु हिट फिल्मको प्रतिक्षामा बसिरहेका बेला सोनाक्षीलाई भने त्यो अवस्था आएको छैन ।" सोनाक्षी अहिले फिल्म 'लुटेरा'को प्रमोशनमा व्यस्त रहेकी छिन् । उक्त फिल्ममा सहकलाकार रणवीर सिंहसँग दिएको अंतरंग दृश्यको बारेमा उनकी आमा पूनम सिंहा आपत्ति जनाएको बताइएको थियो । लुटेराको प्रमोशनको क्रममा २५ वर्षीय सोनाक्षीले उक्त खबर बकवास भएको भन्दै खण्डन गरेकी छिन् । आफ्नी आमालाई आफ्नो काम के हो र यहाँ के के हुन्छ सबै थाहा भएकाले कहिल्यै आफ्नो काममा कुनै किसिमको दबाब नदिने बताएकी छिन् । सोही क्रममा सोनाक्षीले आफ्नो अभिभावकलाई लज्जाबोध हुने कुनै पनि काम आफूले नगर्ने प्रतिवद्धता जायर गरेकी थिइन् । विक्रमादित्य मोटवानीले निर्देशन गरेको लुटेरा यही हप्ताको शुक्रबारदेखि रिलिजमा आउने छ ।"

No comments:

Post a Comment