Tuesday, July 2, 2013

सुटिङको क्रममा घाइते भईन् विना मलिक

  सुटिङको क्रममा घाइते भईन् विना मलिक
 आफ्नो बोल्ड इमेजका कारण पर्दामा र पर्दाको पछाडि तहल्का मच्चाउने वाली पाकिस्तानी अभिनेत्री वीना मलिक फेरि चर्चाको कारण बनेकी छिन् ।



विना यसपटक कुनै नग्न तस्विरका कारण नभई सुटिङको क्रममा घाइते भएपछि चर्चाको विषय बनेकी हुन् । थाइल्याण्डमा फिल्म सिल्क सक्कत मागा को सुटिङका क्रममा उनी घाइते भएकी हुन् ।



सुटिङको क्रममा विनाको खुट्टामा चोट लागेको हो । चोटपछि उनलाई डाक्टरको सहयोगमा मलहम पट्टी गरिएको थियो । जसको कारण केही घण्टाको लागि सुटिङ रोकिएको थियो ।





विनाको अनुसार उनको लागि चोट लाग्नु नयाँ होइन तर चोटको कारण उनको सुटिङमा भने असर परेको छ । रोमान्सको इमोशन ल्याउनुपर्ने गीतको सुटिङमा दुखाईको कारण उनको चेहरामा त्यो रोमान्स भने आउन सकेको छैन ।

No comments:

Post a Comment