Thursday, July 11, 2013

रणवीरसँग छुट्टी मनाउन आइफा अवार्डबाटै गायब कटि्रना


रणवीरसँग छुट्टी मनाउन आइफा अवार्डबाटै गायब कटि्रना

बलिउड नायिका कटि्रना कैफ र नायक रणवीर कपुरले आफूहरु बिचको प्रेमसम्बन्धलाई जती लुकाउन खोजे पनि सकेका छैनन् । हालै मात्र रणवीर र कटि्रना एक साता लामो घुमघाम पश्चात मुम्बई फर्किएका छन् । उनीहरुलाई मुम्बई एयरपोर्टमा देखिएको हो ।आइफा अवार्डमा पुगेपनि कटि्रना गि्रन कार्पेटमा भने देखिइनन् । यसैले पनि कटि्रना कता गायक भइन् भन्ने हल्ला अवार्डमा चलेको थियो । कटि्रना र रणवीरले छुट्टीमा जाने तयारी केही समय अघि नायक अर्जुन कपुरको पार्टीमा गरेका थिए । उनीहरुलाई आइसल्याण्डमा छुट्टी मनाउँदै गरेको अवस्थामा केही फ्यानहरुले भेटेका थिए ।

नायिका दीपिका पादुकोणसँग सम्बन्ध विच्छेद भएपछि रणविर कटि्रनासँग नजिक भएका हुन् । उनले कटि्रनालाई फकाउन दीपिकालाई एक सिनेमाबाट हटाएका पनि छन् ।

No comments:

Post a Comment