Tuesday, July 9, 2013

दुई दिनमा दुई किशोरीमाथी सामुहिक बलात्कार !!!

हिजोआज दैनिक रूपमा पत्रपत्रिकामा बलात्कारसँग सम्बन्धित समाचार मुख्य समाचारका रूपमा प्रथम पृष्ठमै छापिइरहेका छन्। जसले समाजमा एक किसिमको हलचल पैदा गरेको छ। तुलसीपुरमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । गोल्टाकुरी ८ घर भएकी किशोरी तुलसीपुरबाट घर जाने क्रममा शुक्रबार अपान्ह फूलबारी- ६ ढकनाको जंगलमा मुख छोपेका चार जना युवाहरुबाट बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।एसएलसी मौका परीक्षाका लागि तुलसीपुरमा बसेर तयारी गरिरहेकी किशोरी खर्च लिन घर जाने क्रममा जंगलमा जवरजस्ती करणी भएको हो । किशोरी निकै हतोत्साहित अबस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले बताए ।अस्पतालमा उनी समय समयमा बरबराउने गरेको प्रहरीले जानकारी दिएको छ । घटनापछि उनले फोन गरेर परिवारलाई जानकारी गराएपछि गाउँलेले अस्पताल पुर्‍याएका थिए । चिनेकै युवाहरुले पिछा गरेर बलात्कार गरेको हुनसक्ने एसपी मल्लले आशंका गरेका छन् । घटनाको अनुसन्धान गरी दोषीहरुको खोजी भैरहेको उनले जानकारी दिए ।

No comments:

Post a Comment