Saturday, July 6, 2013

सेक्सकी भोकी श्रीमतीबाट बच्न सम्बन्ध विच्छेद

दक्षिण पश्चिम जर्मनीको एक प्रहरी चौकीमा जब एक हतास तथा लाजले रातोपिरो भएको पुरुष आत्तिँदै आइपुग्यो तब त्यहाँका पुलिस अचम्ममा परे । सुरुमा त उनीहरुले त्यो पुरुषलाई खासै ध्यान दिएनन् तर जब उसले आफ्नो व्यथा सुनायो तब पुलिसहरुलाई पनि अलिअलि दया मिश्रति हाँसो जाग्यो । साँच्ची ….लाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो त्यहाँका पुलिसहरुलाई । आफु निकै पीडित भएको भन्दै गुनासो गर्न आएको मानिसलाई कसरी सहयोग गर्ने र दोषी भनिएका व्यक्तिलाई कसरी कारवाही गर्ने ? प्रहरीहरु विलखबन्दमा परे । नपूरन् पनि किन ती व्यक्तिको उजुरी आफ्नै श्रीमती विरुद्ध थियो र विषय थियो सेक्स । श्रीमतीले रातको समयमा आफुलाई निकै धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उनले आफुले सोही कारण रातमा सुत्न नपाउने गुनासो गरे । श्रीमती सेक्सका विषयमा पागल नै बन्ने गरेको र त्यसलाई धान्न नसक्दा जिउज्यान नै खतरामा परेको उनको दाबी थियो त्यसैले उनले श्रीमतीबाट आफूलाई बचाउन आग्रह गर्दैथिए । श्रीमतीकै डरले आफू एक वर्षदेखि एक्लै सोफामा सुत्ने गरेको बताउँदै उनले श्रीमती सोफामै आएर आफूलाई सेक्सका लागि बाध्य पार्ने गरेकी गुनासो गरे । प्रहरीले ती पुरुषलाई आफुहरुले केही गर्न नसक्ने जवाफ फर्काएर सम्झाइ बुझाई गरे । अन्त्यमा ती पुरुषले सेक्सकी भोकी श्रीमतीबाट बच्न सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन् । भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुस्

No comments:

Post a Comment