Tuesday, July 9, 2013

किस खाने विधि र अर्थ

किस खाने विधि र अर्थ । किसको स्पर्शबाट सायद कोही पनि वञ्चित नहोला । हरेकले जीवनमा कुनै न कुनै व्यक्तिबाट यसको स्पर्श पाएकै हुन्छ, चाहे बाल्य उमेर वा वयस्क हुँदा । यिनीहरुका विभिन्न विधि छन् । शैली र प्रसङ्ग अनुसार तिनका विभिन्न अर्थ पनि । फोरहेड किसः दुई व्यक्तिवीच आपसमा निधार र ओठको माध्यमले गरिने किस हो यो । यसलाई निधारे किस पनि भनिन्छ । साधारणतया, यो किस साधारण मित्रहरुवीच गरिन्छ । खासगरी, पश्चिमेली मुलुकमा व्यावसायिक, राजनीतिक आदि व्यक्तिहरु आपसमा सद्भाव दर्शाउन पनि यस्तो किस आदानप्रदान गर्छन् । कतिपय विपरीत लिंगीवीच अर्थात् अभ अफेयरको सुरुवाती चरणमा पनि यो विधिको किस प्रयोग हुने गर्छ । यसलाई किसको इन्ट्री प्वाइन्ट पनि मान्न सकिन्छ । एस्किमो किसः साना केटाकेटीलाई तिनका अभिभावकहरु जस्तै बाबुआमा, काका,काकी, हजुरबा, हजुरआमा, मामा, माइजु आदि नाताका व्यक्तिहरुले गर्ने किस हो यो । परिवारका साना सदस्यहरुलाई स्नेह, ममता एवं भ्रातृत्व देखाउन यो किस प्रयोग गरिन्छ । यसमा एकजनाले आफ्नो नाकले अर्काको नाक तथा नाकवरिपरिको भागमा रगडेर माया दर्शाउँछन् । फ्रेन्च किसः अहिले विपरीत लिंगीबीच सर्वाधिक प्रचलित र रोमान्टिक किस मानिन्छ यसलाई । यसलाई टङकिस पनि भनिन्छ । यसमा एक व्यक्तिले आफ्नो जिब्रो अर्को व्यक्तिको जिब्रोमा टँसाएर किसको मज्जा लिन्छन् । खासगरी, विपरीत लिंगीवीच यो किसको आदानप्रदान हुने गर्दछ भने कतिपय तेस्रो लिंगीले पनि प्रयोगमा ल्याएका हुन्छन् । यो सेक्सुअल इमोसनल किसिङ पनि हो । खासगरी यौन क्रियाकलापको बेला यो किसको प्रयोग बढी भएको पाइन्छ । सिंगल लिप किसः यस विधिमा एक व्यक्तिले आफ्नो ओठ अर्को व्यक्तिको ओठमा सुस्तरी छुने तथा रगड्ने गर्छ । स्याण्डवीचको शैलीमा एकले आफ्नो दुबै ओठ अर्कोको ओठको माथिल्लो वा तलको कुनै एक भाग वा दुबै भागलाई निकै बेर स्पर्श गर्छ । कतिपयले कोमल तवरले स्पर्श गर्दै रगड्ने गर्छन् । यसलाई स्याण्डबीच किसिङ पनि भन्न मिल्छ । यो पार्टनरप्रति आफ्नो प्रेम ज्यादा छ भनी दर्शाउन तथा यौन उत्तेजना बढाउन प्रयोग भएको पाइन्छ । सही तरिकाले तथा विना डर,संकोचले यो विधिको प्रयोग गरियो भने दुबैजनावीच रोमान्टिक सम्बन्ध अझ प्रगाढ हुन्छ । सेक्सुअल इमोसन पनि तिव्र भएर आउने भुक्तभोगीहरुको अनुभव छ । ह्याण्ड किसः यसमा एकजनाले सुस्तरी आफ्नो हत्केलाले अर्कोको हातको पछाडि (माथिल्लो) भागमा किस गर्दछ । आपसमा आदर, स्नेह तथा दयालुपन देखाउन यो विधिको किस प्रयोग हुने गरेको छ । खासगरी, केटाकेटीले आफ्ना अभिभावकहरुलाई पनि यो किस गर्ने गरेको पाइन्छ । व्यवसायिक, सामाजिक, धार्मिक तथा राजनीतिक जीवनमा पनि यस्तो किसिमको किसको आदान प्रदान हुने गरेको छ । इयरलोब किसः यसमा एकजनाले आफ्नो ओठले अर्को व्यक्तिको कानको लोतीमा तलमाथि गर्दै रगड्ने गर्दछ । ओठसँगै जिब्रोले पनि रगड्ने हो भने यसले थप रोमान्स पैदा गर्दछ । युगल प्रेममा रोमान्टिक क्षण पैदा गर्न यसको प्रयोग हुने गरेको छ । खासगरी, यस किसबाट महिलामा छिटो सेक्सुअल इमोसन आउने अनुभवीहरुको भोगाइ छ । बट्टरफ्लाई किसः यसमा एकजनाले अर्कोको आँखाको ढकनी -आइल्यास) कतिबेला झिमिक्क हुन्छ भन्दै आँखा-आँखा जुधाउने गरिने विधि हो । कतिपयले यसलाई आई किस पनि भन्छन् । ओठे किस अथवा रोमान्टिक मुडमा पुग्नुअघि गरिने यो किस खासगरी साधारण रमाइलोको लागि मात्र उपयोगी हुन्छ । अपसाइड-डाउन किसः यो किसको सुरुआत स्पाइडरम्यान फिल्मबाट भएको हो । त्यसैले यसलाई स्पाइडरम्यान किस पनि भन्ने गरिन्छ । यसमा एकजनाले आफ्नो निधार हल्का अगाडि एवं तल ढल्काउँदै ओठको तल्लो भागले अर्कोको ओठको माथिल्लो भागमा स्पर्श गर्छ । आपसमा पटकपटक दोहोर्‍याउँदै गरिने यो किसले विपरीत लिंगीवीच रोमान्टिक क्षण पैदा गर्ने बताइन्छ । लिङरिङ लिप किसः यसमा एकजनाले आफ्नो ओठले अर्को व्यक्तिको सिंंगो ओठमा २० सेकेण्डभन्दा बढी समयसम्म स्पर्श गरिराख्छन् । यसमा जिब्रोको प्रयोग गरिदैंन । गहिरो भावनात्मक प्रेम दर्शाउन यो किस प्रयोगमा आएको हो । चीक किसः 9यसमा एकजनाले आफ्नो गाला अर्कोको गालामा स्पर्श गरेर माया दर्शाउने गर्छन् । खासगरी, विदाबारी हुने बेलामा यसको प्रयोग भएको पाइन्छ ।

No comments:

Post a Comment