Thursday, July 4, 2013

हिल्टन आफ्नो पछिल्लो एल्बम लन्च गर्ने तयारीमा



हिल्टन आफ्नो पछिल्लो एल्बम लन्च गर्ने तयारीमा

सोसलाइट पेरिस हिल्टन आफ्नो पछिल्लो एल्बम लन्च गर्ने तयारीमा लागेकी छन् । यही गर्मी महिनामा आफ्नो एल्बम ल्याउन उनी जोडतोडका साथ लागेकी छन् । जसका लागि बर्डमेनको रिकार्ड लेबलसँग  दुईपक्षीय सम्झौतासमेत गरेकी छन् ।‘हिल्टन एल्बम निकाल्न आफ्नो कम्पनीमा आएकाले म निकै हर्षित छु,’ बर्डमेनले आफ्नो ट्विटरमा जनाएका छन् । उनले सो ट्विटरमा पेरिसलाई स्वागत गर्दै भनेका छन्, ‘हिल्टन अब यस कम्पनीको सदस्य पनि हुन् ।’ हिल्टनले ट्विटरमार्फत बर्डमेनको जवाफ फर्काएकी छन् । जवाफमा उनले भनेकी छन्, ‘म बर्डमेनलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई आफ्नो कम्पनीको सदस्य मानेका छन् ।’ कम्पनीको हिस्सा बन्न पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताइन् । ३२ वर्षीया हिल्टनले वायनेसँग रेकर्ड गराएकी गीतसमेत आफ्नो ट्विटरमा पोस्ट गरेकी छन् ।(एजेन्सी)

No comments:

Post a Comment