Tuesday, July 2, 2013

हिन्दी रिमेकमा ऋत्विक र क्याट्रिना


हिन्दी रिमेकमा ऋत्विक र क्याट्रिना

हिन्दी रिमेकमा ऋत्विक र क्याट्रिना
मुम्बई – यसअघि फिल्म 'जिन्दगी ना मिलेगी दोबारा'मा तहल्का मच्चाएको ऋत्विक रोशन र क्याटि्रना कैफको जोडी फिल्म 'ब्याङ ब्याङ'मा देखिने भएका छन्। टम क्रुज र क्यामेरन डायज अभिनित हलिउड फिल्म 'नाइट एन्ड डे'को आधिकारिक रिमेक बताइएको 'ब्याङ ब्याङ'को निर्देशन सिद्धार्थ आनन्दले गर्दैछन्।
   
यसअघि 'सलाम नमस्ते', 'तारा रम पम', 'बचना हे हसिना' र 'अन्जाना अन्जानी' फिल्म निर्देशन गरेका सिद्धार्थको यो फिल्म निर्माण कम्पनी फक्स स्टार स्टुडियोजका अनुसार २०१४ को मे १ मा रिलिज हुनेछ। अत्यन्त एक्सनप्रधान यस फिल्ममा टम र क्यामेरनको भूमिकामा क्रमशः ऋत्विक र क्याट्रिना देखिँदैछन्।
भर्खरै फस्ट लुक सार्वजनिक गरिएको फिल्ममा ऋत्विक र क्याट्रिना निकै प्रभावशाली देखिएको चर्चा छ। फिल्मको दुई चरण सुटिङ भइसकेको छ। अर्को चरणको सुटिङ युरोपमा हुनेछ। थाइल्यान्डमा भएको पहिलो चरणको सुटिङमा मौसम बाधक बने पनि ऋत्विक र क्याट्रिनाले केही स्टन्टका दृश्यको काम भ्याएका थिए।
दोस्रो चरणको सुटिङका लागि फिल्म युनिट ग्रीस पुगेको थियो। त्यस्तै केही दृश्य भारतमा पनि खिचिनेछ।

No comments:

Post a Comment