Tuesday, July 2, 2013

माइकल ज्याक्सन जस्तै साहसी छिन् पेरिस

 माइकल ज्याक्सन जस्तै साहसी छिन् पेरिस
 किंग अफ पप गायक माइकल ज्याक्सनको छोरी पेरिस ज्याक्सन पनि पिता माइकल जस्तै साहसी भएको उनकी आमा डेबी रोवले बताएकी छिन् ।



यूएस म्यागजिनको खबर अनुसार पेरिसले केही समय आगडि आत्महत्याको कोशिस गरेको बारेमा भने उनकी आमा डेबीले केही बोलेकी छैनन् ।



उनले पेरिसलाई समर्थन गर्ने प्रशंसकलाई ट्विटर मार्फत आभार प्रकट गरेकी छिन् । १५ वर्षीय पेरिसलाई केही हलिउड निर्माताहरुले अभिनेत्री बताउन पनि चाहेका छन् ।



पेरिसले गत जून ५ मा आत्महत्याको प्रयास गरेकी थिइन् । उनको अहिले लसएन्जलसमा उपचार भने चलिरहेको छ

No comments:

Post a Comment