Thursday, July 4, 2013

शाहरूखले पाए तेस्रो सन्तान

शाहरूखले पाए तेस्रो सन्तान बलिउडका स्टार नायक शाहरूख खानले तेस्रो सन्तान पाएका छन् । शाहरूखले आफ्नो घरमा तेस्रो सन्तानको रूपमा सरोगेसीमार्फत सन्तान आएको पुष्टी गरेका छन् । सेरोगेसी मार्फत जन्मिएको बच्चा कानुनी रूपमा शाहरूख खान र गौरी खानको सन्तानका रूपमा शाहरूखको घरमा आउने तयारीमा छ । शाहरूखको तेस्रो सन्तानका रूपमा एक बालकले गत मे २७ मा नै जन्म लिएको अस्पताल स्रोतले जनाएको छ । शाहरूखको नयाँ सन्तान अन्धेरी अस्पतालमा जन्मिएको अस्पतालले पुष्टी गरेको छ । सेरोगेसीमार्पत जन्मिएको उक्त बच्चाको जन्मदर्तामा बाबुको नाम शाहरूख खान र आमाको नाम गौरी खान लेखिएको मुम्बई नगरपालिकाका प्रवक्ताले जनाएका छन् । यस विषयमा शाहरूखले भनेका छन्, ‘अहिले परिवारमा थोरै खुसी र दु:खका मिसिएको छ । उनले यस विषयमा जानकारी राख्न चाहने सबैलाई आफूले यसबारे थप जानकारी केहि समयमा दिने समेत बताएका छन् ।

No comments:

Post a Comment