Tuesday, July 2, 2013

रातो रगंको पहिरन लगाउने महिलाहरुको प्रजनन क्षमता अधिक हुने

 रातो रगंको पहिरन लगाउने महिलाहरुको प्रजनन क्षमता अधिक हुने

एक अध्ययनले रातो र गुलाबी रगंको पहिरन लगाउने महिलाहरुको प्रजनन क्षमता अधिक हुने देखाएको छ । हालै गरिएको अमेरिकी अनुसन्धानले यस्तो देखाएको हो । साईकोलोजिकल साईन्स जर्नलमा प्रकाशित अनुसन्धान प्रतिबेदनलाई केहि दिन अघि अमेरिकाको एसोसिएशन फर साईकोलोजीकल साईन्स सम्मेलनमा प्रस्तुत गरिएको थियो । अनुसन्धानमा १८ देखि ४७ बर्ष उमेर समुहका १ सय २४ महिलाहरु सहभागी थिए । सहभागी महिलाहरुको मासिक चक्र र कपडाको रगंको ब्यहोरा लिएको थियो । सो क्रममा उनीहरु फर्टाईल को बेला कुन रगंको पोशाक लगाउँछन भनेर पनि सोधिएको थियो । अध्ययन पश्चात रातो र गुलाबी रगंको पहिरन बढी लगाउने महिलाहरुको प्रजनन क्षमता अरु सामान्य महिला भन्दा ३ गुणा बढि हुने देखियो । महिलाको प्रजनन क्षमताका बारेमा भएको यस्तो अनुसन्धान अहिले सम्म कहिँ कतै नभएको अनुसन्धानकर्ताहरुले दावी गरेका छन । यस अघि रगं र प्रजनन क्षमतासँग सम्बन्धित अनुसन्धान पशु चौँपायामा भने भईसकेको छ । यो अनुसन्धानको आधार स्तम्भ ब्रिटिस कोलम्बिया युनिभर्सिटीको अध्ययन हो, जसमा महिलाहरुले आफ्नो कामेच्छाको संकेत दिन रातो रगंको पहिरन अधिक लगाउने गरेको देखाईएको थियो । (एजेन्सी)

No comments:

Post a Comment