Friday, July 12, 2013

दुध टोकेको निहुमा आमाद्धारा ८ महिनाका बच्चालाई कैची प्रहार (फोटो फिचर सहित)



 दुध टोकेको निहुमा आमाद्धारा ८ महिनाका बच्चालाई कैची प्रहार (फोटो फिचर सहित)
संसारमा धेरै प्रकारका आमा हुन्छन् कसैले बच्चालाई धेरै छोयो भने राम्रो मान्दैनन् अरुलाइ मार्न पनि पछि पर्दैनन् तर चीनमा एक अपराधी आमाले आफ्नो बच्चा लाई दुध खुवाइरहेको बेलामा मुखमा कैचिले ९० ठाउमा घोचेर मार्ने प्रयास गरेकी छिन ।

जिया बाओ नाम गरेका बालक ८ महिनाका थिए । अहिले बच्चको १०० टाँचा लगाएर अस्पतानमा भर्ना गरिएको छ ।

आफ्नी आमा र दुई काकाका साथमा रहँदै आएका ती बालकलाई उनका काकाले रगतले लत्पतिएको अवस्थामा भेटेपछि उपचारका लागि तत्काल अस्पताल पुयाएका थिए । आमाको गम्भीर आक्रमणपछि पनि बालक भने बाँच्न सफल भएको बताइएको छ ।
बच्चाकि आमाको मानसिक अवस्थाको बारेमा ठोकुवा गरेर भन्न सकिने अवस्था थिएन तथापी उनको मानसिक अवस्था ठिकै रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो ।

प्रहरीसँगको बयानमा बालककी आमाले जिया बाओले दुध पिउने समयमा हातखुट्टा चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी जनाइएको छ ।

यद्यपी आमाले आफ्नै बालकप्रति गरेको कठोर व्यवहारको यकिन कारण भने पुष्टी नभईसकेको जनाइएको छ । बालकको खतरामुक्त अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।



सन् २००९ मा प्रकाशित चिनमा प्रकाशित एक बिटिश पत्रिकाका अनुसार १७३ मिलियन चिनियाहरुमध्ये ९३ प्रतिशतमा मानसिक समस्या देखिएको छ ।

No comments:

Post a Comment