Sunday, July 7, 2013

बिना औषधी सेक्स ड्राइभ बढाउने ५ उपाय

बिना औषधी सेक्स ड्राइभ बढाउने ५ उपाय



मिडिया एनपी डेस्क,

असार २३, आज पनि धेरै वटा ड्रग्स कम्पनिहरू रहेका छन, जसले लो सेक्सुअल डिजायर (सेक्सको इच्छा) बढाउनका लागी मेडीसिनहरू बनाउने गर्दछन । हालै मात्र न्यू इङ्गल्याण्ड जनरल अफ मेडीसिनले एक रिसर्चबाट एउटा टेस्टोरेस्टरोन पत्ता लगाएका छन, जसले महिलाहरूलाइ सेक्सुअली सन्तुष्ट गर्न सकिन्छ ।

हेल्‍थ डट यूएस न्यूज अनलाइनका अनुसार, कामेच्छा बढाउने औषधीहरूको सेवनले महिलाहरूमा थकान र सिकनेस पनि देखिएको छ ।
यस्तोमा यदि तापाइँ साँच्नै नै बिना कुनै नकारात्मक प्रभावले आफ्नो कामेच्छा बढाउन चाहनुहुन्छ भने तपाइँले बिना ड्रग्सको सेवन गर्ने केही सजिलो उपायहरू अपनाउन सक्नुहुन्छ । आउनुस के हुन त यी उपायहरू यस बारेमा चर्चा गरौं।

१. व्यायाम
ऐराबिक वर्कआउट्सहरू जस्तै दौडनु, साइकल चलाउनु, स्वीमिङ गर्नाले सजिलै संग तपाइँले आफ्नो सेक्स ड्राइभ बढाउन सक्नुहुन्छ । यसले तपाइँको सेक्स अर्गनमा ब्लडको फ्लो मात्र बढ्ने नभै तपाइँको मूड पछि छिटै बन्दछ । र तपाइँ हरेक पल राम्रो महसूस गर्नुहुनेछ ।

१ घण्टा सम्म लगातार वर्कआउट गर्नाले तपाइँको टेस्टोरोनको लेवल पनि बढ्दछ यसका साथै तपाइँले आफुलाइ सेक्सी पनि महसूस गर्नुहुनेछ । तर धेरै वर्कआउट गर्नाले भने तपाइँले थकान महसूस गर्नुहुनेछ र तपाइँको टेस्टोरेन लेवल पनि कम हुनेछ । यसैले १ घण्टा भन्दा धेरै एक्सरसाइज भने नगर्नुहोला ।

२.  तनावबाट टाढा हुनुसः

धेरै तनावमा रहनाले मानिसको हार्मोन्सको स्तर बिग्रन्छ, जसको नकारात्मक प्रभाव टेस्टोरेन हार्मोनमा पर्दछ । दिनभरीमा १५ मिनेट यस्तो निकाल्नुस कि तपाइँ योगा, मेडीटेशन वा आफुलाइ मन पर्ने म्यूजिक सुन्न सकियोस ।
यतिबेला तपाइँ आफ्ना साथीहरूका साथमा राम्रो समय पनि बिताउन सक्नुहुन्छ ।

३. पार्टनरका लागि केही नयाँ गर्नुसः

हालैको रिसर्च अनुसार, यदि तपाइँ आफ्नो पार्टनरका लागी लाइफमा केही नयाँ, च्यालेन्जिङ गर्नुहुन्छ भने यसले ब्रेनको केमिकल्समा पोजिटिभ प्रभाव पर्दछ, जुन कि सेक्स ड्राइभ बढाउने कार्यमा महत्वपूर्ण हुने गर्दछ । यसका लागी बेडरूममा जानु पर्ने आवश्यकतानै पर्दैन ।

यसका साथै तपाइँ पार्टनरलाइ लङ ड्राइभमा लिएर जानुस वा कुनै प्लानिङ बिना केही सरप्राइज दिन सक्नुहुन्छ । साथीहरूका साथमा मिलेर पार्टनरका लागी केही नयाँ सरप्राइजिङ काम गर्नुहोस ।
४. बिकल्प रोज्नुसः

प्रायजसो सेक्स ड्राइभ बढाउनका लागी बनेका ड्रग्सले शरीरमा नकारात्मक प्रभाव पार्दछन । जब‌कि सप्लीमेन्ट्स बिना कुनै साइड इफेक्ट सजिलैसंग सेक्स ड्राइभ बढाउन सकिन्छ ।
भिटामिन बी 5 सेक्स इच्छा बढाउनमा धेरै महत्वपूर्ण छ ।

यसरी तपाइँ अन्य बिकल्पको सेवन पनि गर्न सक्नुहुन्छ ।

५. तौल कम गर्नुसः

प्रायजसो तौल धेरै हुनाले पनि मानिसको सेक्स ड्राइभ कम हुन थाल्दछ । तपाइँको तौल धेरै भयो भने तपाइँले तौल घटाउनु पर्दछ । यसले तपाइँको मुड पनि राम्रो बन्नेछ साथै तपाइँ फ्रेश पनि महसूस गर्नुहुनेछ । तपाइँले तौल कम गर्नका लागी शुगर फ्री र आयल फ्री भएका खानाहरू लिनु पर्ने हुन्छ ।
तौल कम गर्नका लागी आठ देखि दस गिलास पानी र हल्का डिनर गर्दा राम्रो हुन्छ । यी साना साना उपायहरूलाइ अपनाउनुभयो भने तपाइँले सजिलै आफ्नो तौल कम गर्न सक्नुहुन्छ । यसले तपाइँको सेक्स ड्राइभ पनि आफैं बढेर जान्छ ।

No comments:

Post a Comment