Tuesday, July 2, 2013

बाबुरामको पद त्यागले एमाओवादीमा हलचल, किन गरे बाबुरामले पदत्याग ?


बाबुरामको पद त्यागले एमाओवादीमा हलचल, किन गरे बाबुरामले पदत्याग ?

नमरुञ्जेल पार्टिको शिर्ष नेतामा रहन चाहने र नेताका रुपमा भाषणा गर्न रुचाउने नेपाली नेताहरुलाई पाठ सिकाउँदै शनिवार एकिकृत माओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराई पदबाट राजिनामा दिनुभयो ।

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्ष पद त्यागेपछि पार्टीभित्र हलचल मच्चिएको छ । भट्टराईको पद त्यागको टुंगो साउन ४ गतेदेखि बस्ने विस्तारित बैठकले लगाउने भनिएपनि भट्टराई भने अझै पनि आफ्नो निर्णयमा अडिग भएपछि अन्योल देखिएको छ । कतिपय नेताहरूले उपाध्यक्ष पदबाट दिनुभएको राजीनामा भट्टराईले फिर्ता लिनुपर्ने बताएका थिए । उनीहरूले पार्टीलाई कुनै पनि हालतमा कमजोर हुन नदिन पनि नेतृत्वलाई आग्रह गरेका छन् । पार्टीमा महत्वाकाँक्षीहरूको सङ्ख्या बढेपछि एकीकृत माओवादीले पदसम्बन्धी विवाद मिलाउन आउने साउन ४ गते विस्तारित बैठक बोलाएको छ ।एक रिपोर्ट

No comments:

Post a Comment