Thursday, July 4, 2013

सावधान ! तनावले हृदयघात होला


सावधान ! तनावले हृदयघात होला

  


अनुसन्धानकर्ताहरूले तनावका बारेमा सोच्दा मात्र पनि मानिस बिरामी हुन सक्ने बताएका छन, यहाँ सम्मकि यसका कारण मानिसहरूलाइ हृदयघात समेत हुन सक्ने उनीहरूले बताएका छन ।
समाचार पत्र `डेली मेल` का अनुसार, पहिलो पटक मुटुको रोग र मानिसहरूको सोचका सम्बन्धमा पत्ता लागे अनुसार मानिसको आफ्नो सोचले शरीरको स्वास्थ्यमा कतिको प्रभाव पर्दछ ।
अनुसन्धानकर्ताहरूले दिएको सुझाव अनुसार डक्डरहरूले तनाव भएका मानिसहरूलाइ परिक्षण गर्ने समयमा उनीहरूको सोचका बारेमा पनि पत्ता लगाउनु आवश्यक छ ।
अहिले यो अनुमान लगाइँदै छ कि रोगीको मन र दिमागमा चल्ने सोचाइ तथा कुराहरूमा ध्यान दिनाले हृदयरोग जस्ता खतराहरूलाइ कम गर्न सकिन्छ ।
अनुसन्धानकर्ताहरूले अध्ययनका क्रममा ४९ देखि ५० बर्षको बिचको उमेर समूहका मानिसहरूमा अध्ययन गरेका थिए । यस क्रममा उनीहरूलाइ हरेक दिन आफ्नो काम र दिनचर्याका क्रममा कस्तो प्रकारको सोचाइ राख्नुहुन्छ र कस्तो महसूस गर्नुहुन्छ भनि सोधिएको थियो । चिकित्सा सम्बन्धी कुराहरू बाहेक उनीहरूको निजी जीवनशैलीका बारेमा पनि केही प्रश्नहरू गरिएको थियो, जसमा धूम्रपान, रक्सीको सेवन, खान-पान र व्यायामसंग जोडिएका प्रश्नहरू रहेका थिए ।
फ्रान्सका भिल्लेजुइफ स्थित इन्सर्म मेडिकल रिसर्च इन्स्टीट्यूटका हर्मन्न नाबीले बताए अनुसार मानिसको सोच शारीरिक स्वास्थ्यसंग सम्बन्धित छ । यस सोचका कारण मानिसहरूलाइ हृदयघातको खतरा बढ्न सक्ने देखाएको छ । (एजेन्सी)

No comments:

Post a Comment