Tuesday, July 2, 2013

बिहे गर्दिन, जीवनसाथी बनाउँछु’-रेखा थापा (मोरङबाट चुनाव लड्ने)

बिहे गर्दिन, जीवनसाथी बनाउँछु’-रेखा थापा (मोरङबाट चुनाव लड्ने)

आफ्नो बोलीका कारण बारम्बार विवादमा पर्ने नायिका रेखा थापा एकिकृत नेकपा माओवादी पार्टीमा प्रवेश गरेपछि झनै चर्चामा छिन् । आलोचना र समर्थनको घेरामा रुमलिरहेकी नायिका थापाले अमेरिकामा रहेका नेपाली भिखारी भएको अभिब्यक्ति दिँदा चर्को आलोचना बेहोरेकी थिइन् ।
हालै रेखा थापाले बिहे गरेर जीनदगीलार्इ बन्धनमा पर्न नचाहेको बताउँदै जीवनसाथी बनाएर सृष्टिलाई भने अगाडी बढाउने चाहना ब्यक्त गरिन् । उनले विदेशमा जस्तो नेपाली समाजमा पनि लिभिङ टुगेदरलाई सहजै स्वीकार गरे गरे राम्रो हुने बताइन् ।
रेखाले ले छविराज ओझासँगको १० बषिर्य लिभिङ टुगेदरको जीवन ध्वस्त हुनुको पछाडी आफूलाई बचाउँ गर्दै भनेकी छिन्, ‘उसको दुइवटा बिहे पहिले नै असफल भएको थियो । अब तपाई आफै भन्नुहोस्, रेखा थापा कमजोर कि छविराज ओझा ?’ उनले छविले आफुलाई रिझाउन नसक्दा रिलेसन टुटेको दाबी गरिन् । तर केही चलचित्र विश्लेषकहरु भन्छन्, ‘२ वटा श्रीमतीसँग टाढा भएको जान्दा जान्दै रेखाले १७ बर्षको उमेरमा छविलाई स्विकार गर्नु कसको कमजोरी थियो त ?’
चलचित्र क्षेत्रमा निर्माताहरुले नपत्याएपनि रेखा भने यसलाई मान्न तयार छैनन् । ‘म अंकमाल गर्दै चुम्बनका दृश्य दिन सक्दिन यसैले व्यस्त नभएको जस्तो देखिएको छु’, उनले भनिन । उनले आगामी संविधान सभाको निर्वाचनमा मोरङदेखि कर्णलीसम्म जहाँबाट पनि लड्न सक्ने संकेत गरेकी छिन् ।
रेखालाई एकिकृत नेकपा माओवादीले अहिलेसम्म कुनै जिम्मेबारी भने दिएको छैन । उनले चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता पप्पुसँग रातको १० बजेसम्म बस्दा के हुन्छ भनेर प्रश्न गरेकी छिन् ? ‘कोही पुरुष बस्न हुने म बस्न नहुने, के मलाई महिला भनेर हेपेको ?’ रेखाले भनिन् । ‘हरिबंश आचार्यले श्रीमती बितेको ६ महिनामा बिहे गर्न हुने मैले २८ बर्षको उमेरमा सम्बन्ध विच्छेद गर्न किन नहुने’ रेखाले भनिन् । रेखाले हिमालय टेलिभिजनको एक कार्यक्रममा यस्तो बताएकी हुन् ।

No comments:

Post a Comment