Monday, July 1, 2013

बैले ‘सेक्सी’ करिश्मा भन्न थाले राजेश र करिश्माको किस सिनले तातियो फिल्मी बाजार

बैले ‘सेक्सी’ करिश्मा भन्न थाले राजेश र करिश्माको किस सिनले तातियो फिल्मी बाजार


नायिका करिश्मा मानन्धर रुपले त सुन्दर छन् नै व्यक्तित्वको पनि धनी छिन् । नेपाली सिने नगरीमा करिश्मालाई धेरै नायिकाहरुले उदाहरणको रुपमा पनि हेर्ने गर्दछन् । धेरै नायिकाहरु करिश्मा जस्तै आकर्षक बन्न पनि चाहन्छन् ।

तर नायिका मानन्धर यतिबेला सबैले ‘सेक्सी’ भनेपछि हैरान भएकी छिन् । नायिका मानन्धरले अनलाइनखबरसँग यस्तो रहस्य खोलेकी हुन् । आखिर उनलाई हाल किन धेरैले सेक्सी भनेर बोलाउँछन् त, करिश्मा भन्छिन्, ‘फेसबुकमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को तस्बिर र पोष्टर राख्न थालेपछि धेरैले सेक्सी भन्न थाले ।’ करिश्माले गरेको चुम्बनको तस्बिर र दृश्य सार्वजनिक भएपछि उनलाई धेरैले सेक्सी करिश्मा भन्न थालेका हुन् ।

उनले निर्देशक उकेश दाहालालाई भनिन्, ‘फेसबुका खाली ग्ल्यामर तस्विर ट्याग गर्दा मलाई सबैले सेक्सी भन्न थालिसके ।’ निर्देशक उकेश दाहालले यतिबेला चलचित्रको पोष्टर कलाकार र पत्रकारको फेसबुकमा पोष्ट गरिरहेका छन् ।

No comments:

Post a Comment