Friday, July 5, 2013

ईराकमा ७ नेपाली पक्राउ

ईराकमा ७ नेपाली पक्राउ ईराकस्थित एक कम्पनीमा कार्यरत् सातजना नेपाली युवा त्यहाँको प्रहरीद्वारा पक्राउ परेका छन् । खोटाङ घर भइ पछिल्लो समय मोरङको सुन्दरपुर १ मा बसोबास भएका ३२ वर्षीय ध्रुव तामाङलगायत पक्राउ परेका हुन् । अघिल्लो साता पक्राउ परेकामा धनकुटाको खोकु छिन्ताङ ४ का सन्तोष राईसमेत छन् । अरु युवकको नाम ठेगाना खुलेको छैन । तामाङकी श्रीमती देशकुमाका अनुसार उनीसँगै गएका साथीहरुले टेलिफोन सम्पर्क गरी ती नेपाली युवा पक्राउ परेको जानकारी दिएका हुन् । सात नेपाली र अरु केही विदेशीसहित गरी एकसाथ ३० जनालाई ईराकी प्रहरीले पक्राउ गरेको जानकारी टेलिफोनमा आएको तामाङको भनाई छ । उनीहरु इराकी अर्केल नामक कम्पनीमा सन् २००६ देखि कार्यरत् थिए । के कारणले पक्राउ परेको भन्ने जानकारी नभएको उनका साथीहरुले परिवारलाई बताएका छन् । पक्राउ परेका युवाका परिवारका अनुसार पक्राउ परेको भन्ने खबर आएयता उनीहरुसँग सम्पर्क हुन सकेको छैन । परिवारले आफन्तलाई इराकबाट उद्धार गरी ल्याइदिन अपिल जारी गरी सरकारसँग आग्रह गरेका छन्

No comments:

Post a Comment